नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

उहाँले नेपालगञ्जमा बाँदरको टोकाइबाट घाइते भई अस्पताल आउने बिरामीको घटना नयाँ भएको बताउनुभयो । “कुकुर, बिरालो, सर्पको टोकाइबाट घाइते भई अस्पताल आउने क्रम पुरानै हो”, डा. चापागाईंले भन्नुभयो, “तर, अहिले बाँदरले समेत घरघरमै पसेर मान्छेलाई टोकेको केश अचम्म लाग्दो छ ।”
उहाँले सहरमा बाँदरको बिगबिगी रहेकाले सुरक्षित रहन र आक्रमण भइहाले तुरुन्तै उपचारको लागि अस्पताल पुग्न सुझाव दिनुभएको छ । भेरी अस्पतालमा पछिल्लो पटक सर्प तथा जनावर जन्य टोकाइका घटना बढ्दै गएका छन् ।
भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीको बारेमा अध्ययन गरिरहनुभएका डा चापागाईंले दिनुभएको तथ्याङ्कअनुसार पछिल्लो ४५ दिनमा एक हजार ३६ केश जनावरजन्य टोकाइका रहेका छन् ।
सबैभन्दा धेरै कुकुरको टोकाइबाट ८६५, बिरालोबाट ११०, बाँदरबाट ४०, मुसाको टोकाइबाट घाइते भएका २१ जना बिरामी हुनुहुन्छ । यसैगरी यो अवधिमा भेरी अस्पतालमा मात्रै सर्पदंशका ११८ बिरामी उपचारको लागि आएको डा चापागाईंले बताउनुभयो । यो अवधिमै कीराको टोकाइबाट चार जना र टोक्ने जीवजन्तु थाहा नभएका १९ जना बिरामी उपचारको लागि भेरी अस्पतालमा पुगेको तथ्याङ्क रहेको छ ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा नवीन दर्नालले गाउँमा किसानलाई बाँदरले टोकेको घटना हुने गरे पनि बजारमा नयाँ केश भएको बताउनुभयो । उहाँले बाँदरको टोकाइबाट घाइते बिरामीलाई जङ्गली जनावर मानेर रेविज विरुद्धको खोप दिनुका साथै आवश्यकताअनुसार बिरामीलाई सहजरुपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।






