घुँयत्रो: ओलीको २० वर्षे राजका लागि अब ‘स्तुतिगान समिति’ बनाउने कि?

अब यसाे गरम वलिबा , पाैडेल ,पाेखरेल खेमाकाे प्रतिवेदन लेखाईले हजुरकाे चित्तमात्रै दुखाएन कि हजुरकाे राजनीतिक जगनै हल्लाई दियाे । जसले गर्दा तपाईं आजकाल बेतुकसित बर्बराउँदै हिँडन थाल्नु भा हाे रे भन्ने सुन्दैछ । त्यसैले अब त्याे प्रतिवेदनलाई अमान्य घाेषणा गर्दै लिङ्ग नै परिवर्तन गरि प्रतिवेदन लेखाउने तयारी गरम् । एमालेभित्रकाे तपाईंको एकछत्र राज तपाईंको गुण्डुबाटै कायम गराउने हाे भने स्याङ्जाकि किचकन्याकाे नेतृत्वमा गुण्डुकाे भष्माशुर भाेगटे (महेश बस्नेत ) र तपाईंको आजिवन दास र झाेले विष्णु रिमाल,अनि तपाईंको अध्यक्ष पद र प्रधानमन्त्री पदकाे आडमा विधिबंश गर्दै हिँडने सूर्य थापा र राजन भट्टराई नामका जिनिसहरुलाई राखेर तपाईंको स्तुति गान लेख्ने कमिटी बनाम् र त्याे कमिटिबाट तपाईंकाे झापा दाैडाहादेखि प्रधानमन्त्री हुँदै रेल, पानी जहाज र ग्याँस पाईप सम्मले बेरेर पाटि अध्यक्षकाे पुतलालाई मज्जाले सिंगारपटार गरेर अँझै २० बर्ष एमाले भित्र तपाईंकै पुत्लालाई पुजा गरेर नेपालाँ जन्मेकाे वलिईजम मार्कस्ईजम भन्दानि तगडा छ भनेर प्रमाणित गरेर देखाईदिम् । त्यसपछि तपाईंको २० बर्षे राजगर्ने चाहना कसले भत्काउँछ हेरम् त! कमिनिष्ट नेतृत्व भनेकाे कति निरंकुस,निर्दयी र तानाशाहि हुन्छ भनेर देखाउनु पर्याे नि ! तपाई पनि यस्तो पारा देखाएर कार्यकर्तालाई सँधैभरि कुर्कुच्चा मुनि च्यापेर हिँडनु पर्ने ठाँ बेतुकका उखानटुक्का मात्रै भनेर हिँड्नु भाे अनि पाैडेल र पाेख्रेलले टाउकाँ टेकेकिनाई अब त पत्ता पाउनु भाे नि ! पाैडेललाई धाेईपखाली गरेर अर्थमन्त्री बनाकाे बनाई गरेर उनलाई जसरि टाउकाँ चढाउनु भाे त्यसकै परिणाम हाे तपाईं माथि आकाे ऐलेकाे संकट ।अब छँदाखाँदाकाे एकलाैटि रुपाँ जित्या अध्यक्षा चुनाब र कार्यकर्ताकाे मतकाे कदर कसरी गर्न सकिन्छ पाटि भित्र त्यै कदम चाल्नाेस हैन भने काँग्रेसा देउबा लाई कसरी नङ्गा र बेसहारा बनाए अब त्यै सिखाे गर्छन तपाईंका यी दुस्मनहरुले नि। मान्छे तपाईं नि कम्ता त हैन ! सत्ताकाे जग नहल्लिने बेलासम्म नाना नाैखण्ड गर्दै हिँडनु भाे । जब जेनजी आन्दोलनले तपाईंका घरका खामाखुट्टा हल्लाथे त्यै बेला घरलाई लिपपाेत स्याहार सम्भार गरेर तपाईंका घराँ कसैलाई छिर्न नदेर चुपचाप बस्याभा ऐले तपाईंका विरुद्ध यति साराे स्वरै सुनिनेथेन । तर क्यार्नु त्याे बेला भाेगटे (महेश बस्नेत )लाई धुरीयाँ चढिचढि सत्ताेसराप गर्न लाउनु भाे । अनि ऐले आएर पाटिसत्ता गुम्न लाएछि रुवाबासी गरेर के गर्नु ! संसारका कत्रा कत्रा तानाशाह अरुका कारणले हैनकि आफ्नै चरम ज्यादतिका कारण बिलाएर गए भन्ने कुरा जान्दा जान्दै र बुझ्दा बुझ्दै पनि तपाईंले पछिल्लाे समय, महेश बस्नेत, पदमा अर्याल र सूर्य थापालाई आफ्नाे समर्थन र अन्धाेभक्ति गर्न मैदानमा यसरी खुला छाेड्दिनुभाे कि अन्तत तिनरकै अनुहार र बाेलिबचन अनि तिनले तपाईंका पक्षमा लास र दास दुबै भएर तेर्सिएकाे देखेकै कारण मान्छेहरु नेतृत्व विरुद्ध खनिन थाले । सम्भब त अब बाले अध्यक्ष पद बचाउन जीवनकाे सबैभन्दा ठूलाे दाउ लाउन सक्नु भयाे भने उहाँकाे अध्यक्ष पद बच्ला हैन भने त्याे आफ्ना हातबाट बिस्तारै फुत्कि सक्याे चुटेर झर्नमात्र बाँकिछ ।त्यसलाई अड्याई दिने सामर्थ्य सायद विद्यामा हुन सक्थ्याे तर के गर्नु हिजाे तिनै विद्यालाई पाटिकाे आँगनमा टेक्न दिईएन । सायद त्यसैकाे फलपनि हुन सक्छ अब नेपालकाे कमिनिष्ट सूचिबाट खड्कप्रसाद ओलि मेटिँदैछन र वलि युगकाे अन्त्य हुँदैछ । बिचरा एमाले कार्यकर्ताहरुले पिठ्युँ पछाडि टाँस्ने गरेकाे “म झाेले” भन्ने वाक्य पनि वलिसितै सतिजान्छ कि नयाँ नाैलाहरुसित रहन्छ त्याे भने पछिनै थाहा हाेला । अस्तु !





