घुयँत्राे:नमूना देशका नमूना नेता : सरकार बनाउनेदेखि सरकारलाई पूर्णता नदिने खेलसम्म !

हामी नेपाली भन्या हरकुराँ नमूना छम् के ! हाम्ले गर्ने काम मात्र नमूना हैन के ! हामी मान्छ्यै नमूना छम । कुराकाे सिलसिला भख्खरकै घटनाट गर्म है । हामी कर्नालिका माओवादि माननीय सकिनसकि भएभरकाे जाेड लाएर एमाले शीत टाँस्सियर मन्त्रीकाे जागिर खाका मन्त्रीहरकाे जागिर खान काँग्रेसीहरुसितै मिलेर मन्त्रीहरलाई संयुक्त राजीनामा दिन बाध्य बनाईम अनि त्यति गर्दानि एमालेका मुख्यमन्त्री यामलाल कँडेलल्यै राजीनामै दिन मानेनन् केही सीप नलाएछि तिनै राजिनामा देका मन्त्री समेतलाई साथमालएर अविश्सासकाे प्रस्ताक ल्याएर अन्तत सदनबाटै राजिनामा दिएँ भन्ने गराएर अर्काे सरकार गठनकाे तारतम्य भाे केही काँग्रेस शीत मिलेर सरकार बनाम्ला भन्ने तारतम्य गरियाे तर केन्द्रीय राजनीतिका खेलाडि वलि र प्रचण्ड मिलेर हाम्राे प्लानमा पानी फेर्दे । त्यसपछि नतैले मुख्य मन्त्री बनाएर पठाए अनि हाम्ले जसकाविरुध्द अविश्वास ल्यनथिम तिनैसित मिलेर मुख्यमन्त्री नियुक्त गरिम यसाँ नि हामी र हाम्राे काम नमूना भाे । एमाले र माओवादि मिलेर सरकार त बनाईम तर मुख्यमन्त्री हाम्रा पाटिका मंगलशाही आज मुख्यमन्त्री भा काे १५ दिन भै सक्याे अरु मन्त्री थप्पियाछैनन् र छाँटकाँट हेर्दा ऐल्यै थप्पियला जस्ताे नि छैन । याे नमूना त खास टेलर मात्रै हाे शान्ति सम्झाैताँ जङ्गलाट शहर पस्दा संसारले देखे हाेलानि माओवादिकाे नमूना काम, गिर्जासित मिलेर बिना चुनाब सदनाँ ८४ सिटलेर बस्या । संसाराँ यस्ताे नमूना काम कहिँ हुन्छ । विद्रोहीहरु शान्ति पूर्ण राजनीतयाँ समाहित भए भनेनि ८ /१० वटा मन्त्रीसम्म भएर प्रकृयामा अघि बढछन तर काँग्रेस पाटिका गर्जा भन्ने मान्छेले आफू प्रधानमन्त्री भ काे नाममा प्रचण्डलाई सदनकाे विपक्षि दलकाे नेता बनाए । यस्ता नमूना काम त नेपालाँ कतिभाछन कति । हरेक १०/१० वर्षा ब्यवस्था परिवर्तन , अनि ४६देखि देशाँ जति पनि आन्दोलन भए ती आन्दोलन दवाउने र त्यसका अपराधी सम्मलाई कार्वाहिगर्न ऐलेसम्म अर्थात मल्लिक आयाेगदेखि कार्कि आयाेगसम्म दर्जनाैँ आयाेग बने तिनले रिपाेट दिए तर कसलैले कसैलाई कार्वाहि गरेनन याे पनि त नमुनै काम हाेनि आयाेगका नाममा खरबाैँ खर्च गरे हुम्ला तर त्याे खर्च बालुवामा पानी सरह बन्याे । अरु त अरु सत्ता सन्चालनमै रहेका राजाकाे हत्या भयाे त्याे घटनामा दुईसय पचास बर्षदेखि राजकाज गर्दै आएका राजपरिवारकाे बंशनै नास भयाे तर त्यस्ताे घटनाका पनि अपराधि पत्ता लाउन सकेन भाट आयाेगले पनि अनि त्यसका अपराधि ऐले खुलेआम ऐयासी जीवन बिताई रहेका छन ।त्यति मात्रै हाे र दुई दुई पटक संविधान सभाकाे निर्बाचन गराएर निर्वाचित संविधान सभाले गराएकाे संविधान १० बर्ष नपुग्दै कामलाग्ने भएन र अब फेरि संविधान लेख्ने भनेर प्रधानमन्त्री ले संविधान बनाउन सदन बाहिरका मान्छेकाे नेतृत्वमा संविधान लेखन समिति बनाएर बस्याछन । कुराे गर्याे कुरैकाे दुख भन्याझैँ हरेक राजनीतिक ब्यवस्थाकाे प्रयाेगशाला बनाईएकाे हाम्राे देशका नेताहरकाे कामलाई हेर्दा संसार चकित छ । राजनीतिमा सितिमिति दलकाे नाम परिवर्तन गरिन्न तर त करिब १२ बर्ष हत्या र आतंक मच्चाएर हिंसाकाे आडमा जन्मेकाे माओवादि नामकाे पाटि समेत डिजल्ब गरेर याैटा सिंगल ब्यक्तिले मात्र चुनाब जित्ने नेता पुष्पकमल दाहाल प्रचण्ड नि यै धर्तिमा नमूनाकै रुपमा छन । समग्रमा भन्नू पर्दा हाम्राे धर्तिमा एकसे एक नमूना मान्छे र तिनका नमूना काम छँदाछँदै नि फेरि याे कर्नालि प्रदेशमा सरकार फेर्ने बनाउने र बनाउँदा बनाउँदैनि सरकारलाई पूर्णता दिएर शासन चलाउन नसक्दा हामी फेरि पनि नमूनै बनेका छम्। हेराैँ याे नमूना बन्ने ठेक्का हाम्राे भागाँ मात्रै पर्ने हाे कि अरुका भागाँनि पर्छ । अस्तु ।

घुयँत्राे:नमूना देशका नमूना नेता : सरकार बनाउनेदेखि सरकारलाई पूर्णता नदिने खेलसम्म !

युवा, प्रविधि र पुस्तकालयलाई जोड्दै कोहलपुरमा प्रेरणात्मक

घुयँत्राे:नमूना देशका नमूना नेता : सरकार बनाउनेदेखि सरकारलाई पूर्णता नदिने खेलसम्म !

सम्पादकीय : केन्द्रको भागबन्डामा प्रदेशको सत्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *