तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

बाँके ,१६ बैशाख ।
नेपालगन्ज विमानस्थलको नवनिर्मित अत्याधुनिक टर्मिनल भवन मङ्गलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। निर्माण कार्य गत असोज महिनामै सम्पन्न भए पनि आवश्यक तयारीपछि अहिले सञ्चालनमा ल्याइएको हो।

नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख सन्तोष पोखरेलका अनुसार मङ्गलबारबाट आगमन कक्ष सञ्चालनमा आएको छ भने बुधबारदेखि प्रस्थान कक्षसमेत सञ्चालन गरिनेछ।

नयाँ टर्मिनल भवन सञ्चालनसँगै यात्रु सुविधालाई लक्षित गर्दै नागरिक उड्डयन प्राधिकरणले मङ्गलबारदेखि निःशुल्क सटल बस सेवा पनि सुरु गरेको छ।

उक्त भवन निर्माणका लागि शर्मा एन्ड कम्पनीसँग २०७९ साल पुस १ गते सम्झौता गरिएको थियो। सम्झौताअनुसार २०८२ साल पुससम्ममा तीन अर्ब नौ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि निर्धारित समयभन्दा अघि नै २०८२ साल असोजमै काम सम्पन्न गरिएको हो।

दुई तलाको यो अत्याधुनिक टर्मिनल भवन अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सक्ने क्षमतासहित निर्माण गरिएको छ। साथै, अध्यागमन, भन्सार, क्वारेन्टाइन तथा सुरक्षासम्बन्धी आवश्यक पूर्वाधारसमेत तयार पारिएको छ।

भवनको भुइँतलामा सर्वसाधारणका लागि विभिन्न व्यापारिक पसल सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। नयाँ संरचनासँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै प्रकारका हवाई सेवा विस्तारका लागि आवश्यक आधार तयार भएको जनाइएको छ।

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

एलएलबी अध्ययन गर्न त्रिवीका प्राध्यापक जुम्लामा

Leave a comment

Your email address will not be published. Required fields are marked *