घुयँत्राे:“४० वर्षे ‘पुर्जा–प्रतीक्षा’ कार्यक्रम: भोट खायो, पुर्जा आयो… सपनामा मात्रै!”
सर्वहाराकाे नारा लगाएर जनतासित ढाँट,छल र शाेषणकाे बाटाे खाेज्दै हिँडने क्रममा एमालेले पैल्याएकाे सुकुम्बासीलाई लालपूर्जा वितण र हरेक चुनाबमा भाेटदेउ पूर्जालेउ भन्ने गरि लिएकाे नीति करिब ४० बर्षसम्म सफल भएर पुर्जाकाे राजनीति सत्ताकाे भर्याङ बनेपनि वलिकाे पतनसितै सुकुम्बासी खेलनि सक्किने भाे । सत्तामा गयै पिच्चे सुकुम्बासी समस्या समाधान आयाेग गठन गर्ने र कार्यकर्तालाई जागिर खुवाउने तर कुनैनकुनै बहाना बनाएर पूर्जा नबाँडने एमालेकाे नितिले देशका वास्तविक सुकुम्बासीले साह्रै दुख पाए । पन्चायतदेखि अन्तिम पटक एमालेले गठन गरेकाे “भूमी समस्या समाधान आयाेग ” सहित देशमा २२ वटा आयाेग बनी सके । तर सुकुम्बासीलाई देखाएर सत्ता राजनीति गरेका दलहरुले जनतालाई पुर्जादिने धारणा कैल्यै बनाएनन । अब भाेट लिउँला र पूर्जा दिउला भन्ने र भाेटदिउँला भन्नेहरुका दिन सकियका छन । गएकाे शनिबार देखिनै बालेनकाे सरकारले राजधानी देखि शुरु गरेकाे सुकुम्बासीलाई पूर्जा दिने र हुकुम्वासी लखेटने अभियानले अब गति पाउने देखिएकाेछ । यसअघिसम्म राजधानीमा १६ जना मात्रै सुकुम्बासी भेटिएकाे डेटा छ भने यसपटक कति संख्यामा सुकुम्बासी भेटिन्छन त्यसकाे एकिन तथ्यांक पाउन त केही दिन कुर्नै पर्ला तर थापाथलि,मनाेहरा लगाएतका सुकुम्बासी बस्तीमा दलालहरुले टहरा बनाएर भाडामा दिने र ठूलाठूला महल बनाएका र एमालेका दलालहरुले वलिकाे आडमा सुकुम्बासी नेता बनेर जुलुसमा मान्छ ल्याउने र लैजाने धन्दा सहित आँफुले जानेका सबै धन्दा सन्चालन गर्न बनेका यी बस्तीहरुका कथाले भने सबैलाई चकित बनाएका छन । गएकाे चुनाबमै सकियकाे एमाले अब सुकुम्बासीकाे राजनीतिबाटनि किनारा लाग्याे भने अर्काे पटक एमाले पाटि सँधैका लागि सकिनेछ र झाेलेहरुकाे भागाभाग हुनेछ । जेनजीकाे सरकार आएदेखिनै सजिलैसित राजनीतिक पाईला टेक्न नसकेका पुराना ३ दलका आँखा अगाडिनै बालेन सरकारले यीनिहरुले ४० बर्षसम्म नगरेका काम खुरुखुरु गरेकाे देख्दा पुराना दलका नेताहरुका आँखामा रतन्धाे त लागि सकेकाेछ ।तर पनि उनिहरुकाे घमण्ड र अहंकारले त्यसलाई स्विकार गर्न सकि रहेकाे छैन ।गराैँ भने सरकार बनेकाे सयौं दिनमा कति गर्न सकिँदाे रहेछ भन्ने कुरा बालेन सरकारले देखाई रहेकाेछ । कसैलेनि दृढ विश्वासका साथ काम गर्न सकिँदाे रहेछ त्यसका लागि बर्षाैँबर्ष कुर्न पर्दैन भन्ने कुरा वर्तमान सरकारका काम कार्वाहिले देखाई रहेकाेछ । पु पुराना दलका २२ वटा आयाेगले दिन नसकेकाे पूर्जा बालेनकाे याैटै अभियानले दिनेभएछि ऐले पुरानादलकाे हाेस हवास उडि रहेकाेछ । हेरम् बालेन पनि राजधानीका सुकुम्बासी हटाउने अभियानमा लाग्ने हुनकि देशैभरकाे याे समस्यालाई सदाका लागि अन्त्य गर्ने हुन त्याे भने हेर्न बाकिँ नैछ । प्राकृतिक न्यायकाे सिध्दान्तले देषि काेहि न उम्किउन निर्दाेष काेहि न परुन भन्याझैँ सुकुम्बासीकाे हकमा नि सुकुम्बासी काेहि जग्गाबाट बन्चित नहुन हुकुमबासी र जग्गावालाले ( गैर सुकुम्बासीले ) जग्गा नपाउन । हाम्राे भन्नू यत्ति हाे बाँकि बालेन भराेसा ।
“बिरसिक्का”




