घुयँत्राे: “भ्रष्टाचारको ‘AI संस्करण’: नेता भन्छन्—सबै नक्कली, पैसा मात्र सक्कली!”
हैन ! चुनाबाँ पराना दललाई धुलाे चटाएछि नि जनता रिस अँझै मेट्टिया छैनकि क्या हाे ? २/४ जना बसेर यसाे गफ गर्या ठाँ गएर तिन्का कुरा सुन्याे कि तिनै काँग्रेस कमिनिष्टका नेतामाथि रिसपाेख्ने काम मात्रै भा सुनिन्छ तनि । याैटाले त्याे शेरे,त्याे शेरे त्यैस्वास्निलाई दलाल बनाएर टिकट बेचेर पैशा कमायाे । काेठैभरि थुपार्या पैशा जेनजीले घराँ आगाे लाउँदा डढेछि अब जनताले के भन्लान मुखभरि थुक्न बेर छैन भनेर त्याे भष्टाचारीले AI ले बनाकाे नाेठ भनेर भन्दै हिँड्याछ । पन्चायतले त्यसकाे जिब्राँ करेन्ट लगा त्यै भष्टाचार गर्न हाेइछ कि क्या । अनि तीँ अर्काले थप्छ त्याे झापालि फटा केपि वलि मान्छे काटेर जेलगा गिरिबन्धु जग्गा प्रकरण, ओम्नि, काेराेना जस्ता अनेकन भष्टाचारकाण्ड मच्चाउनलाई हाेईचकि क्या । त्यतिमात्रै हाे र त्याे प्रचण्डे भनाउँदाे आतँककारी दुनियाका छाेराछाेरीलाई माओवादि युध्दाँ धकेल्याे तिनका नाममा क्यान्टुनमेन्टमा आका रकमजति खायाे , १७ हजार मान्छे मारिस भन्दा १७ हैन ५ हजार मान्छे मार्याहुम भनेर स्विकार गर्दै हिँडछ अनि त्यस्ता अपराधीलाई केही नगरेर सरकार बस्छ, अनि उसका भष्टाचारका कुरा काेट्याउने हाे भनेत सिँगै देशबन्छ भन्दै पाखुरा सुर्किँदै गर्छन जनता तर के गर्नु यीनिहरु आएपछि नै देशले सास्ति फेर्नु पर्याे । यस्ता चाेर नेतालाई सत्ताँ पुर्याउने हामी जनतै चाेर हुम । ऐले बालेनकाे सरकार आएदेखिनै कहिँ यसाे गफ गर्या देखेर गफ सुन्न गयाे भने पुराना दलकाे नेता छतिपति उडाउने कामबाहेक अरु केई भा देखिन्न । हुन पनि तेत्राे दुख गरेर पन्चायतका काल काेठरीका दुख सहेर निस्क्या नेताहरुनि यसरी जातिवित्ति भष्टाचाराँ लिप्त भा देख्दा जनताले अन्तत आँफै बाटाे माेडनु पर्याे । राणा शासनकाे अन्त्य, प्रजातन्त्रकाे स्थापना लाेकतन्त्र र गणतन्त्र जस्ता हरेक परिवर्तनका नेतृत्व गरेका नेताहरु आफ्नो त्याग र लगानीलाई बिर्सेर भष्टाचाराँ मात्रै लाग्या देख्दा जनताले ४० बर्ष पछि पाटिनै परिवर्तन गरिदिएका छन । परिवर्तन पनि यस्ताे कि पुराना पाटि जतिकाे हरिविजाेग गर्देर नयाँ पाटिलाई बहुमत दिएर संसारलाई यस्तो चक्मा दिएकि जुन घटना विश्वमा बिरलै हुन्छन । यसरी वहुमत पाएकाे पाटिले ५ बर्षसम्म जनताले चाहेकाे जस्तैगरि शासन गरिदिए भने ७५/८०बर्ष अघिदेखि जन्मिएका पाटिहरुकाे समेत सर्वनास गरेर संसदमा विपक्षिनै नभएकाे सरकार र संसद हुनेछ । त्यसैले यी पुराना पाटिहरुकाे दाहसंस्कार गर्ननि सरकारले राम्रो काम गरेर देखाउनु पर्नेछ । नातावाद र फरियावादकाे भाईरसबाट टाढा रहेर सरकारले जनताका लागि केही गर्न सक्याे र याे महंगीबाट पार लाउन सक्याे भने निश्चय पनि मान्छेकाे जमघट र चिया चाैतारीमा बिगतका नेताहरुकाे प्रसंगै कतै उठने छैन भने ऐलेका नेताहरुकाे हाईहाईले सबैलाई मन्त्रमुग्ध पार्नेछ भन्ने वउश्वासका साथ सरकारप्रति समर्थन जनाईयाे है त ।! अस्तु





