स्कुल बस संचालन संगै बिद्यार्थीकाे ओठमा खुसि

हस्त चाैलागाईं
कालिकाेट ,२० चैत ।

करिब तीन सय बालबालिकाको ओठमा एकैचोटि मुस्कान फक्रिएको दृश्य आफैंमा लोभलाग्दो थियो।
जसले अहिलेसम्म सडकमा गुड्ने गाडीसमेत नजिकबाट देखेका थिएनन्, तिनै साना नानीहरूले आफ्नै विद्यालयमा बस प्रवेश गर्दा “बस आयो, बस आयो!” भन्दै खुशी साटिरहेका थिए। मान्म बजार स्थित श्री लोटस विकास एकेडेमीले हालै विद्यालय बस सेवा सञ्चालनमा ल्याएको छ। यो सेवासँगै विद्यार्थीहरूको दैनिकी मात्र होइन, उनीहरूको सपना र आत्मविश्वाससमेत विस्तार हुन थालेको छ।

सदरमुकाम मान्मका मात्रै ३१० जना बालबालिका यस विद्यालयमा अध्ययनरत छन्। यसअघि धेरै अभिभावक आफ्ना सन्तानलाई सुर्खेत, नेपालगञ्ज, काठमाडौंजस्ता सहरमा पठाउन बाध्य थिए। तर विद्यालय सञ्चालनमा आएपछि सहरी क्षेत्रमा जाने क्रम घट्दै गएको छ।
शान्त वातावरण, गुणस्तरीय पढाइ र मुस्कानसहितको सेवाले विद्यार्थी र अभिभावक दुवैलाई सहज बनाएको छ।
पहिले गाडी नहुँदा शिक्षकहरू आफैं घर–घर पुगेर विद्यार्थी ल्याउने र पुर्‍याउने गर्थे, तर अब विद्यालयकै बसले सुरक्षित रूपमा यो जिम्मेवारी सम्हालेको छ।
विद्यालयका फाउण्डर हिक्मत बिक्रम शाही भन्छन्,
“बालबालिकाको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै बस सेवा सञ्चालन गरेका हौँ।” त्यस्तै प्रिन्सिपल सन्तोष पौडेल का अनुसार “सहरी क्षेत्रभन्दा यहाँ पढाइ, वातावरण र सेवा सुविधा अझ प्रभावकारी छ।”
करिब ४३ लाख ७५ हजार रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको बसलाई
आज विधिवत् पूजा–पाठ गरी विद्यालयमा स्वागत गरिएको छ। गाउँमै गुणस्तरीय शिक्षा र आधुनिक सुविधा जोडिँदा बालबालिकाको भविष्य उज्यालो बन्दै गएको स्पष्ट देखिन्छ।

स्कुल बस संचालन संगै बिद्यार्थीकाे ओठमा खुसि

कर्णाली राजमार्गका दशवटा अलपत्र ठेक्का तोडिए

स्कुल बस संचालन संगै बिद्यार्थीकाे ओठमा खुसि

जुम्लामा मार्सी धानको बेर्ना राखियो

Leave a comment

Your email address will not be published. Required fields are marked *