अटो र मोटरसाइकल ठोक्किए

सुर्खेत, २४ साउन ।
छिन्चु–जाजरकोट सडक खण्डको मदानीचौर नजिकै अटो रिक्सा र मोटरसाइकल ठोक्किएका छन् । विपरित दिशाबाट आएका दुई वटा सवारी साधानहरु एक आपसमा ठोक्किदा सवार केही व्यक्ति घाइते भएका छन् । ठोक्किँदा सवारी साधनमा केही क्षति भएको छ ।

घटना स्थल प्रहरी नपुगेको हुँदा थप विवरण आउन बाँकी रहेको छिन्चुबाट सहकर्मी सिपी कार्कीले जानकारी दिनुभएको छ । कर्णाली प्रदेश ०२ ००१ प ४०३९ नम्बरको मोटरसाइकल आंशिक रुपमा नम्बर नखुलेको अटो पूर्ण रुपमा क्षति भएको छ ।

\

अटो र मोटरसाइकल ठोक्किए

YUGAAWHAN NATIONAL DAILY (2077-04-24)

अटो र मोटरसाइकल ठोक्किए

भेरीगंगामा अनियमितताको छानबिन गर्न माग

Leave a comment

Your email address will not be published. Required fields are marked *