शिखर इन्स्योरेन्स कम्पनीद्वारा रक्तदान

सुर्खेत, २६ कार्तिक । 

शिखर इन्स्योरेन्स कम्पनीको सुर्खेत शाखाले आफ्नो स्थापनाको २१औं वार्षिकोत्सवको अवसरमा वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम गरेको छ । कम्पनीले २ मंसिरमा पर्ने आफ्‌नो वार्षिकोत्सवको अवसरमा वर्षेनी सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्षेत्रमा योगदान गर्दै आएको छ ।

सोही बमोजिम कम्पनीको सुर्खेत शाखाले बुधबार रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा व्यवसायी, बैंकर, कम्पनीका कर्मचारी तथा अन्य सहभागि रक्तदाताबाट ४४ पिन्ट रगत संकलन भएको शिखर इन्स्योरेन्स कम्पनी शाखा सुर्खेतका एकराज शर्माले जानकारी दिए । उनका अनुसार कार्यालय परिसरमा ३७ पुरुष र सात महिला गरी ४४ जनाले रक्तदान गरेका छन् । कम्पनीले वार्षिक उत्सवको अवसरमा देशैभर रक्तदान लगातका विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।

शिखर इन्स्योरेन्स कम्पनीद्वारा रक्तदान

निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र

शिखर इन्स्योरेन्स कम्पनीद्वारा रक्तदान

“सुईयाेले सिउँदै,जिन्दगी”

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds