राज्यलाई कमजाेर पार्ने गतिविधि अस्वीकार्य छन् : मुख्यमन्त्री आचार्य

अर्घाखाँची,५ कार्तिक ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुनै पनि बहानामा राज्यलाई कमजोर पार्ने कार्य अस्वीकार्य हुने बताउनुभएको छ ।

नेकपा (एमाले) मालारानी गाउँपालिका कमिटीको सचिवालय बैठकलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले जेन-जी आन्दोलनका क्रममा भएको घुसपैठ र अराजकताले राज्यलाई कमजोर बनाउन खोजेको बताउनुभयो भएको हाे ।

‘मुलुकको राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्तालाई नै कमजोर पार्ने गरी षड्यन्त्रहरू रचिएका छन्,’ उहाँले भन्नुभयो, ‘यस्ता अराजकताबाट मुलुकलाई जोगाउन जरुरी छ । सचेतनापूर्वक हरेक नागरिकले आफ्नो भूमिका बढाउन आवश्यक छ । देशलाई अशान्तिको भूमरीमा जानबाट जोगाउन खबरदारी गर्न जरुरी छ । लोकतान्त्रिक मूल्य-मान्यता र संविधानको रक्षा नै अहिलेको प्रमुख आवश्यकता हो ।’

मुख्यमन्त्री आचार्यले एमाले चुनावको पक्षमा रहेको तर सरकारले चुनावी वातावरण बनाउन नसकेको टिप्पणी गर्नुभयो । ‘हामी चुनावबाट पछाडि हट्दैनौं,’ उहाँले भन्नुभयो, ‘सरकारले वातावरण बनाओस् । तर, संघीय सरकार चुनावप्रति केन्द्रीत भएको देखिँदैन ।’

मालारानी गाउँपालिका कमिटीका अध्यक्ष बलराम भुसालको अध्यक्षता तथा एमाले केन्द्रीय सदस्य एवम् मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सचिवालय बैठकको सहजीकरण सचिव देवीराम पोख्रेलले गर्नुभएको थियो ।

Slot Magic Journey By Pragmatic Play Demo

Leave a comment

Your email address will not be published. Required fields are marked *