घुयँत्राे:”काँग्रेसलाई ‘नाइँ’ भन्दै एमालेतिर ‘हाइ’ गर्ने माओवादीको रहस्य!”

हैन ! माओवादिहरु काँग्रेसशीत सरकार बनाउन्नम भन्दै हिँड्याछन त कतै वलि बाले माओवादिहरुलाई ब्या गरेर भित्र्याउने त भएनन । के भन्न सकिन्छ र प्रचण्ड भन्ने मान्छे छेपारालेझैँ रङ्ग फेरेर नअघाउने र वलि भन्ने जिनिस बतुराएर हाेसै नपाउने भएछि कतै रातारात एकपाे भैसकेकि के था भाे र !? केही न केही नभई त माओवादिका नेताहरले काँग्रेसशीत मिलेर सरकार बनाउन्नम् भनेर किन भन्थे र? कि ऐले काँग्रेस भन्या काेहाे भन्ने ठेगानै नभा हुनाले काेसित गठबन्धन गरेर सरकार बनाउने तनि भनेर यसाे भन्यानि हुन सक्छ । हुनपनि माओवादिका साख्खै बा भनेका शेर बहादुर देउबा हुन उनी सिङ्गापुरतिर ओखति गर्न गा मान्छे उतै शओखति गर्या गर्यैछन ।फिर्ता आउने ठेगानै छैन । अनि गगनसित गठबन्धन गरेर सरकार बनाम् भने गगन उईल्यैदेखि गठबन्धनकाे बिराेधि छ । गठबन्धनकाे प्रस्ताब लेर जाम भने उल्टै झपारेर पठाउने हुन कि भन्ने लाग्याे त्यै भएर मनओवादिका नेताहरु ऐले दाेबाटाँ पुगेर बाटाे बिराउनला बटुवा जस्ताे भा छन । कुनबाटाे जाम कुन बाटाे । त्यसाे त नारानकाजि र शक्ति बस्नेतले कनर्यकर्तालाई सरकार बनाउन हतार नगर भन्या आफ्ना नेता ( प्रचण्ड ) विदेशाट फर्केर आछैनन त्यसैले नेता नआई सरकार काेसित गराउने भन्ने कुराँ हतार नगरम् भनेर भन्या नि हुन सक्छ अथवा साँच्चिकै प्रचण्डबाट ग्रिन सिग्नल आएरै काँग्रेसशीत मिलेर सरकार नबनाउने भन्यानि हुन सक्छ । अर्काे कुरा एमालेसित एकिकरणकाे कुरा चलिरा बेला यै प्रदेश सरकार बनाउने कुराकाे पासाे वलितिर फालेर नि त वलिलाई अपठेराँ पारेर दुई कमिनिष्ट एक हुन नि त सक्छन नि । अब पाटि एकीकरण नभई र गठबन्धन नगरि पुराना दलले चुनाब जित्ने संकेत कतै देखिन्न । फागुनकाे चुनाबाँ जनताले भा जति सप्पै भाेट रास्वपालाई दे । पुराना दलका नेताजति सडकाँ निन्न्याउराे मुख लाएर हिँड्याछन । अनि रास्वपाका नेता कार्यकर्ताजति सत्ताकाे उन्मादमा जनताकाे टाउका टाउकाँ टेक्दै हिँड्या देख्दानि पुराना दलका नेता र कार्यकर्तालाई दिक्क त लाग्दाेनि बिचरा आँखिर नेताले गतिलरि देश चलाइद्याभा आजयाे याे दुर्दशा किन व्यहाेर्नु पर्थ्याे र भन्ने त भा हाेलानि हैन र ? के गर्ने हिजाेका दिनाँ जनताकाे अपमान नगर्या भा ऐले त्याे भख्खर जन्म्या पाटिले ७५ बर्ष पुरानाे पाटिकाे याे दुरदसा बनाउँदाे हाे ? त्यसैले राजनीति भन्या उर्लँदाे भेल हाे यसले माैका पर्या बेलाँ किनारानि लाउँछ डुबाएरनि सिध्याउँछ भन्ने कुराकाे हेक्का राख्याे भने दुख पाईन्न हैन भने कुकुरले नपाउने दुख पाईँदाे रैछ । हनमिले देखि त हालिम त हैन र ? काँग्रेसका देउबाकाे के हाल भैराछ बिचरा ओखति गराउन गाका मान्छे फर्केर आफ्नाे देश आउन सक्या छैनन । अनि वलि ,वलिकाे त झन के कुरा गर्नु , सत्ता गुमाएबाटै बतुराएका बतुराई छन । झन अदालतले छाेडदे पछि त झन सारा ब्रह्माण्ड नै जितेसरि आँफुलाई नङ्ग्याउँदै गा छन । धन्न कुन दिन फेरि पाटि अध्यक्षलाई सरकारी मेहमान बनाउँछन । अनि तिनका प्रदेश सरकार बनाउन गर्या मेरा गाेरुका बाह्रै टक्काका सपना कसरी लथालिङ्ग हुन्छन त्यै बेला था हाेला ? ऐले प्रदेशाँ रास्वपाका सांसद नभएर चुरीफुरी गर्याछाै १ पछि हुने चुनाबाँ तिमरकाे बिउनै नभेटिने गरि प्रदेश कब्जा गर्देछि तिमरकाे त्यै शेखि पनि झर्छ अनि बल्ल था हाेला । त्यसैले पुराना दलहरु आपसाँ झगडा नगरी कन मिलि खाओ के ! कमसे कम रास्वपालाई नि लागाेस के शत्रुहरु मिले अब हामिनि हाेस गरेर हिँडनु पर्छ भनेर साेचुन । त्यस‌ैले तिमरकाे बुध्दि छ भने तिनै दल मिलेर कुन प्रदेशाँ कुन पाटिकाे मुख्यमन्त्री हुने, तय गर अनि समस्याकाे समाधान खाेज । सामाजिक सन्जालभरि रुवाबासी नगर । चेतना भया !

घुयँत्राे:”काँग्रेसलाई ‘नाइँ’ भन्दै एमालेतिर ‘हाइ’ गर्ने माओवादीको रहस्य!”

रुकुमपूर्व केन्द्रबिन्दु भएर भूकम्प

घुयँत्राे:”काँग्रेसलाई ‘नाइँ’ भन्दै एमालेतिर ‘हाइ’ गर्ने माओवादीको रहस्य!”

सडकको अवस्था बुझ्न कर्णालीमा पूर्वाधार विकास मन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *