घुयँत्राे:नेपालमा सरकार फेरिन्छ, व्यवस्था फेरिन्छ, तर ‘काटमारको परम्परा’ चाहिँ किन फेरिँदैन ?

हैन याे देशकाे अस्थित्व हत्या र आतंककै नाममा भेटि चढने हाे कि क्या !? दरबार हत्याकाण्डका नाममा भित्रीएकाे हत्या र आतंककाे खेल थामियला जस्तै देखिन्न त ! माओवादिकाे नाममा प्रचण्डले ५२ फागुन १ देखि चलाएकाे हत्या, लुटपाट र आतंककाे राजनीति संगै देशमा गुपचुपमा गरिएकाे राजा वीरेन्द्रको बंशनासकाे शिलशिला पछि नै देश हिंशा उन्मुख बन्याे । देशमा राज्य गर्ने राजाकाे नै बंश नामेट हुनेगरि हत्या गरिएपछि माओवादिहरुलाई देशमा हिंसात्मक युध्द चलाउन ठूलाे आडभराेसा मिल्याे । ५२ देखि शुरुभएकाे काटमार र लुटपाटकाे खेल दउन दुईगुना रात चाैगुना हुँदै गयाे । राजानै नभएछि सुरक्षा निकायले नि देशकाे जिम्मा लिन छाेड्याे । हातहतियार शीत गएकाे माओवादिले सेना र पुलिसलाई जितेर अघि बढि रहेकाे देखेपछि ७ राजनीतिक दल र माओवादि वीच सम्झाैता हुने निष्कर्षमा पुगियाे तर यसबिच माओवादिले धेरै मानिसकाे हत्या, लुटपिट र ताेडफाेड गरि सकेका थिए । सम्झाैतासँगै प्रचण्डले १७ हजारकाे हत्या आँफुले गरेकाे स्विकार गरे तर ५२ साल देखि संविधान जारी हुने बेलासम्म कतिकाे हत्या भयाे कति धन सम्पति लुटियाे , कतिलाई घरबार विहिन बनाईयाे एकिन तथ्यांक भने ऐलेसम्म छैन । तर पटकपटक नयाँनयाँ व्यवस्था परिवर्तनका निम्ति भएका आन्दोलन र त्यसमा भएका हत्या हिंसाका घटनाले नेपालकाे राजनीतिक परिवर्तन हिंसात्मक देखिएकाेछ । हरेक १० बर्षमा भै रहेका राजनीतिक परिवर्तन र ती परिवर्तनमा सर्वसाधारण जनताले ज्यान गुमाएका अबस्था र राज्यकाे सम्पत्तिकाे बिनास सितै ८२ भदाै २३/२४ काे आन्दोलनले त मान्छेकाे ज्यान,सरकारी सम्पत्ति , राष्टिय धराेहरमा आगजनि अनि नेताहरुका घरमा आगजनि सम्पत्ति लुटपाट र नेताहरुकै भागाभाग गराएकाे देखिए पछि अब याे देश हिंसामै फसेकाे अनुभव गरिँदैछ । पुराना र नयाँ दलबीचको लडाईँले याे दुई तिहाइकाे सरकार पनि कुनै दलकाे सिकार नबन्ला भन्न सकिँदैन । कमिनिष्टहरुकाे एकिकरणमा लागेका वलि, नेपाल,प्रचण्ड ,झलनाथ र बामदेब सँगै तराई मधेसका ७ दल उपेन्द्र , सिके, महन्थ, रेशम, जनार्दन जस्ता मान्छे मिलेर तराईबेस पाटि खाेलेर अब तराई बाट देश कब्जा गर्छम् भन्दै हिँडन गालेका छन यस्ताे बेलामा सत्ताका उन्मादमा रहेका रास्वपा कार्यकर्ता भिडन्तमा उत्रिय भने देश खरानी बन्न सक्छ । किनभने हनमीले जेनजीका नाममा भरखरै देह खरानी भएकाे देखेका छम्भने १९ दिने आन्दोलनका नाममा तराई मधेस जलेकाे पनि हामिले आफ्नै आँखाले देखेका छम् । त्यसैले अब नेपालमा हुने कुनै पनि आन्दोलन हत्या,हिंसा,लुटपाट बेगर हाेला जस्ताे देखिन्न । याे युग भनेकाे युवाहरुकाे युग हाे । युवाहरुले शान्तिपूर्ण आन्दोलन गर्दैनन भन्ने कुरा गएकाे भदाै २४ मा देशैभर एकैपटक र एक नासले आगाे लगाएर ब्यक्ति र राष्ट्रिय सम्पत्तिको सत्यानास गरेकाे घटना हाम्रा अगाडि झल्झलि आईरहेका छन । यसबाट पनि अनुमान गर्न सकिन्छ कि यदि मधेसले पनि आन्दोलन छेड्याे भने त्याे शान्तिपूर्ण नै हाेला भन्ने ग्यारेन्टी छैन । किनभने मधेसमा भर्खरै दुईपक्षबीच हिंसा भडकियर शान्त भएकाे दुई सातापनि वितेकाे छैन । त्यसैले राजनीतिक दलहरुबीच के कुरामा असहमति बनी रहेकाे हाे सत्तारुढ दलले सबैलाई एकठाउँमा बसाएर सरकारसित वार्ता गर्न जरुरीछ । यदि समयमै याे विषयमा चिन्ता गरियन र युुध्द चर्कियाे भने त्यल्लाई थाम्न सरकारलाई हम्मे हम्मे पर्न सक्छ । त्यसैले पनि सत्तारुढ दल र सरकारमा चेतना जागाेस ! सधैभरि देशले हत्या, हिंसा र युध्द खेप्न सक्दैन ।

घुयँत्राे:नेपालमा सरकार फेरिन्छ, व्यवस्था फेरिन्छ, तर ‘काटमारको परम्परा’ चाहिँ किन फेरिँदैन ?

जकडिएका समस्याको नीतिगत समाधानमा व्यस्त शिक्षा मन्त्रालय

घुयँत्राे:नेपालमा सरकार फेरिन्छ, व्यवस्था फेरिन्छ, तर ‘काटमारको परम्परा’ चाहिँ किन फेरिँदैन ?

राष्ट्रिय स्तनपान सप्ताह २०८३: “आमालाई सशक्त बनाउँदै,

Leave a comment

Your email address will not be published. Required fields are marked *