घुयँत्राे:”भत्काउन ठेक्का, बनाउन अर्को जुनी ! न्युरोडको महागाथा”

हैन ! सुर्खेत वीरेन्द्रनगरकाे न्युराेड नामकाे सडककाे बिषयाँ धेरै मान्छेले चिन्ता गर्या सुनियाे । तर, त्याे बाटो बनाउन नत नगरपालिका न त ठेकेदार कसैले नि चिन्ता गर्या देख्खियन । त्याे बाटाे भत्काकाेनि दुई बर्षै हुन लाए हाेला सायद तर,बनाउनतिर ध्यान देकाे देख्खियन । आफ्नो नगर भित्रकाे सडक अलपत्र परिरहँदा त त्यसकाे मर्मत सम्भार वा नव निर्माण गर्ने काम त सायद स्थानीय निकायकै हुन्छ हाेला । तर स्थानीय जनप्रतिनिधि किन यसरी रुल्लटुल्ल पर्दा रैछन कुन्नि ? यति लामाे समयसम्म बाटाे नबनेछि बाटो भत्काउन मात्रै ठेक्का द्या हाे बनाउन ठेक्का द्या हैन भनेनि नगरपालिकाले नगरबासीहरुलाई स्पष्ट हुने गरि याैटा सूचनामार्फत जानकारी दिनु पर्याे कि, हाम्ले भत्काउन मात्रै ठेक्का द्या हुम बनाउन दिएका छैनम् है भनेर । किनभने याे युग भनेकाे सूचनाकाे युगमात्रै नभएर हाम्राे संविधानले नागरिकलाइ सुसूचित हुने अधिकार पनि द्याछ । यदि त्याे सडक बनाउने ठेक्का द्या छैन भने, नगरसित पैशा हुँदाका बखत बनाउने छम वा ऐले नगर वा वडासित पैसा नभएकाे र प्रदेश र संघ सरकारलेनि बजेट नदिएकाेले अर्काे बर्षमा बजेट जुटाउन सकियाे भने बाटाे बनाउने छम् भनेर जनतालाई वास्तविक कुराकाे जानकारी दिन पनि त सकिन्थ्याे ? राजधानी जस्ताे ठाउँका नगर पालिकाहरु त यस्तो गर्छन भने दुर दराजका स्थानीय निकायले नागरिकपर्तिकाे भूमिका र जिम्मेवारी सहज निभाएका हाेलान त ! त्याे भत्काकाे सडक बढिमा २०० मिटर लामाे हाेला तर त्याे बाटो भत्काउने ठेकेदारले दिनकै ४ सय मिटर लामाे गालि खान्छ हाेला । बिचाराे ठेकेदार अनाहकाँ दिनकै गालिखान बाध्य छ । मान्छेले के साेचेभने जस्ले भत्काउने ठेक्का ल्या हाे उसले बनाउने ठेक्का लेर नि याे हरिविजाेग बनायो भनेर नबुझिकनै बिचरालाई त्याँ हिँड्ने हरेक मान्छेले पाँडेगालि गर्छन । गालिले मात्रै मान्छे नमर्ने भा हुनाले त्याे मान्छे आजसम्म बाँच्या हाेला अन्यथा गालिले मान्छे मर्ने भए त कैकालै त्याे बिचाराे ठेकेदार ठहरै पर्थ्याे हाेला । त्यसाे त कर्नालि प्रदेशका आधा अधुरा र नयाँ निर्माण गर्नु पर्ने सडक हेर्न केई दिन अघि सडकमन्त्रिकै दाैडाहा आथ्याे अनि यै क्षेत्राट माननीय भा का मान्छेनि मन्त्रीसितै हिँड्या भन्ने सुनिन्थ्याे त्यै बेलाँ कमसेकम नगरपालिकाले नभनेनि सुर्खेतका रास्वपा नेताहरु जिल्ला अध्यक्ष र प्रदेश अध्यक्षलेनि याे बाटाेकाे बिषयाँ बाेल्द्याभा र अनुगमनै गराईद्याभा कमसेकम राजधानीकाे सडक हाे नगरले नहेरेनि संघले हेर्छ भन्न त सक्थे हाेलानि मन्त्रीले तर हामी जनता पक्षाँ त्यत्ति बाेल्दिने मान्छे नि भएनन । त्यसैले त हामी सँधै पछिका पछि पर्ने भयाैँ । पुराना दलत त पुरानै भए हाम्रा लागि गर्देनन रे !? तर सबैचिज गर्छम् कर्नालिलाई, हनुमानले सिङ्गै पर्वत उठाएर ल्याएर भगवान रामका अगाडि फाल्दे झैँ हामी पनि कर्नालिलाई जुरुक्कै उठाएर कर्नालिका जनता अगाडि फाल्दिन्छम भनेर रटना लगाउने घण्टी छापहरले नि किन याे बाटोका विषयाँ नबाेल्द्या र नहेर्द्याहाेलान । कतै ऐल्या सरकारका नेताहरले याे न्युरोडकाे बाटाेकाे दुराबस्था बार्याँ थाहै नपाकाे पाे हुन कि ? त्यसैले नि बाटाे अधुरै र`काे नि हुन सक्छन नि ।त्यसैले न्यूरोडकाे बाटाेकाे बिषयाँ एकचाेटि रास्वपा जिल्ला अध्यक्ष र प्रदेश अध्यक्षलाई जानकारी दिनु पर्याे । लाै त्याे बाटाछेउमा बस्ने लाभग्राहिहरु काे काे हुनु हुन्छ नेताहरकाँ गएर जानकारी गराउनाेस ।ह्वाँहरले भन्नू भा कै छ ।विकास निर्माण गर्ने कुराँ हामी पछि पर्दैनम् । जानकारी मात्रै पाउनु पर्याे तु काम हुन्छ भनेर । त्यसैले कुराे बुझम् याे पुरानाे पाटि हैन नयाँ हाे । चट् मगनि फट् व्या भन्ने उखान सुन्नु भा कै त हाेला , हाे त्यसलाई कार्यान्वयन गर्ने पाटि भनेकै रास्वपा हाे । कुराे बुझ्नु भाे त न्यूरोड नगरबासीज्युहरु !

घुयँत्राे:”भत्काउन ठेक्का, बनाउन अर्को जुनी ! न्युरोडको महागाथा”

बर्दियामा डायलाइसिस सेवाले बिरामीलाई राहत, मेसिन अभावले

Leave a comment

Your email address will not be published. Required fields are marked *