नगरपालिकाकाे प्रशाेधन केन्द्र बाट निस्केको प्रदूषित गन्ध नागरिकलाई सास्ती
काली बहादुर परियार
जुम्ला ,२४ चैत ।
जुम्लाको चन्दननाथ नगरपालिकाकाे सदरमुकाम जुम्ला बजारको फोहोर प्रशोधन केन्द्र बाट निस्केको धुँवाले प्रशाेधन केन्द्र आसपासका वासीलाई हैरानी भएको छ ।
नगरपालिकाको फोहोरलाई पहिले चन्दननाथ २ काे दुनादुनैमा फालिदै आएकाे थियाे । तर स्थानीयकाे अवरोध पछि अहिले फाेहाेर नगरपालिकाकाे ४ पुर्वाधारकाे कार्यालय नजिक प्रशाेधन केन्द्रका थुपारिदै आएकाे छ ।
प्रशाेधन केन्द्रमा पनि कुन फाेहाेर लाई कता राख्ने भनी छुट्टाछुट्टै राखिएको छैन् । जथाभावी फाेहाेर थुपार्नाले त्यस वपरपर बसाेबास गर्ने नागरिक लाई भने हैरानी भएको छ ।
फाहोर फाल्ने ठाउँबाट निस्केको धुँवाले वरपरका बस्ती र सरकारी कार्यालय लगाएत बाटाेमा हिडडुल गर्ने नागरिक लाई समेत वषौ सास्ती भएको छ ।
यसक्षेत्रका नागरिकले फोहोर फाल्ने प्रशाेधन केन्द्र हटाउन र कि व्यबस्थित गर्न वषौ देखि आवाज उठाएका छन् ।
फोहोर बिर्सजन गर्ने स्थानबाट दैनिक जसो नराम्रो गन्ध घरमै निस्केर आउने गर्नाले बृद्धहरुलाई झनै सस्या हुने गरेको एक स्थानीय वासीले गुनासाे गरेका छन् ।
उनले भने, वस्ती नजिकै फोहोर विर्सजन स्थल हुँदा त्यहाँका नागरिकले यसको सहि ठाउँमा व्यवस्थापन गर्नुपर्ने माग गरेका छाैँ । फोहोर फाल्ने ठाउँ नजिकै चन्दननाथ ४ काे वडा कार्यालय र सरकारी कार्यालय रहेको छ ।
त्यहाँबाट निस्केका झिँगा लगायतका फोहोर जन्य वस्तु हावाको माध्यमबाट सजिकैका घरमा पुग्ने देखिन्छ । अर्को जुगाड खोलामा फोहोर फाल्दा पानीको कारणले आसपासका वस्तीहरुम समेत असर हुने समस्या रहेको छ ।
तर यसको हालसम्म पनि व्यवस्थापन हुन सकेको छैन् । अहिले फालिदै आएको फोहोरमा कुइने नकुइने सबै एकै ठाउँमा फाल्ने गरिएको छ । नसड्ने वस्तु पनि एकै ठाउँमा जसले गर्दा अर्को जोखिम पनि उत्तिकै रहेको छ ।
बजारलाई सुन्दर सफा बनाउने उदेश्यले नगरपालिकाले बजारको फोहोर उठाएर फाल्ने गरिएको छ । फोहोर व्यवस्थापन गर्दै आएको नगरपालिकाले व्यवस्थित रुपमा फाल्ने ठाउँ अभावका कारणले फोहोरबाट मोहोर उत्पादन लक्ष्य अधुरै रहेको प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बहादुर बुढ्थापाले बताए ।
व्यवस्थित ठाउँ भएर सबै फोहोरलाई पैसामा बदल्ने गरि सञ्चालन गर्ने योजना रहे पनि मुख्य ठाउँको समस्या रहेको बुढ्थापापाले बताए । जग्गा अभावले फोहोरमा भएको पैसा डढेर गएको उनकाे भनाइ छ ।
नगरपालिकाले फोहोर फाल्नका लागि जग्गा खरिद प्रक्रिया भने अझ सम्म अगाडि बढाएकाे छैन् । नगरप्रमुख जिल्ला बाहिर रहेकाले यसकाे कुनै ठाेस निर्णय नभए नगरपालिकाका एक कर्मचारीले जानकारी दिए ।





