जुम्ला खलंगा खानेपानी उपभोक्ताको अध्यक्षमा महेन्द्र बहादुर थापा 

गाेल्डेन बुढा

जुम्ला ,२१ बैशाख।

जुम्लाको सदरमुकाम खलङ्गा बजारस्थित खलङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नेतृत्व चयन अन्ततः सहमतिभन्दा प्रतिस्पर्धाबाट टुंगिएको छ। छैठौं वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व चयन असफल भएपछि मतदानमार्फत नयाँ कार्यसमिति चयन गरिएको हो, जसले स्थानीय तहको सेवा व्यवस्थापनसँग जोडिएको संस्थामा बढ्दो राजनीतिक र सामाजिक प्रतिस्पर्धाको संकेत पनि दिएको छ।आइतबार राति सार्वजनिक मतपरिणामअनुसार महेन्द्र बहादुर थापाले ४ सय ९ मत ल्याउँदै अध्यक्ष पदमा विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी अशोक कुमार श्रेष्ठ र मिन बहादुर थापाले समान २ सय १८ मत प्राप्त गरेका थिए। मतान्तरले स्पष्ट देखाएको छ। १ सय ९१ मतान्तर भयो।नेतृत्वमा पुग्ने होड औपचारिक प्रतिस्पर्धा नभई प्रभाव, पहुँच र विश्वासको कडा परीक्षण बनेको थियो।अशोक कुमार श्रेष्ठ २०७४ सालको स्थानीय तहको निर्वाचनमा जुम्लाको चन्दननाथ नगरपालिकाको तत्कालीन नेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार बनेका व्यक्ति हुन्। उनले २ हजार १५ मत ल्याए पनि पराजित भएका थिए, जहाँ नेपाली काङ्ग्रेसकी कान्तिकम सेजुवाल २ हजार ८ सय ६ मतसहित विजयी भएकी थिइन्। त्यसको प्रभाव यस पटकको उपभोक्ता समिति निर्वाचनमा समेत देखिएको विश्लेषण हुन थालेको छ।उपाध्यक्षमा काली बहादुर थापा ४ सय ९५ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी काली बहादुर महतले २ सय ७० मत पाए। महासचिवमा दत्त बहादुर शाही ३ सय ४१ मतसहित निर्वाचित हुँदा टिका नगरकोटीले ३ सय १४ मत प्राप्त गरिन्। अर्को उम्मेदवार राजबहादुर भक्री १ सय ५६ मतमा सीमित भए।सचिवमा जगत बहादुर रोकाया ३ सय २१ मत ल्याएर विजयी भए भने अंगराज चौलागाईंले ३ सय ६ मत पाए। यस्तै अर्को उम्मेदवार देबीबहादुर रोकायाले १ सय ५९ मतमै चित्त बुझाउनुपर्‍यो।काेषाध्क्षमा रबि देवकोटालाई सर्वसहम गरियो।सदस्यमा गौकला सार्की ३ सय ९५ मतसहित निर्वाचित भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी कालो सुनार (कामी) ३ सय ९३ मत ल्याउँदै झिनो मतान्तरले पराजित भए, जसले प्रतिस्पर्धा कति चर्को थियो भन्ने झल्काउँछ। मनाेनित सदस्यहरुमा दानबहादुर रावल,महेन्द्रनाथ याेगी,दलबहादुर नेपाली छन्।उपभोक्ता समितिमा १ हजार ८ सय ६४ मतदाता रहेकामा ८ सय ७२ मत खसेको थियो। मतदाताको सहभागिता उल्लेखनीय देखिए पनि सर्वसम्मतिको प्रयास विफल हुनु र तीव्र प्रतिस्पर्धाबीच नेतृत्व चयन हुनु पानीजस्तो आधारभूत सेवासँग गाँसिएको संस्थामा समेत ध्रुवीकरण बढ्दो रहेको संकेतका रूपमा हेरिएको छ। यो तीन वर्षे कार्यालय हुन्छ। सदरमुकामका १ हजार ८ सय १४ घरधुरीमा धारा संचालित छन् ।

जुम्ला खलंगा खानेपानी उपभोक्ताको अध्यक्षमा महेन्द्र बहादुर थापा 

सम्पादकीय :  स्थानीयलाई विकल्प दिएर  तत्काल ट्रायल

जुम्ला खलंगा खानेपानी उपभोक्ताको अध्यक्षमा महेन्द्र बहादुर थापा 

सम्पादकीयः सरकारलाई उम्कने छुट छैन 

Leave a comment

Your email address will not be published. Required fields are marked *