घुँयत्राे : बा (केपि ओलि) काे कार्यकाल त …

बा (केपि ओलि) काे कार्यकाल त साह्रै स्वर्णिम पाे हुने भाे त । अब याे देशाँ हत्यारालाई मात्रै हैन तस्कर, बलात्कारी, मान्छे बेचबिखन, भष्टाचारी सबैलाई आम माफि दिने कानुन ल्याउने रे सरकारले । अर्थात अब याे देशाँ सबै एकनासका मान्छे हुने भए कसैले कसैलाई अपराधीको संज्ञा दिन नपाईने भाे ।

गणतन्त्र पछि त सब्बैका पाटियाँ हत्यारा ,अपराधि, तस्कर र आतंककारीकाे भीडछ यीनलाई अपराधी भनाएर,धराैटियाँ र जेलाँ छिराएर राजनीतियाँ दाैडधुप कल्ले गर्दिने त्याे भन्दा त बरु ऐननै गराएर सबै सम्मै र एक नास गराएछि तकसैले कसैप्रतप आैँलै ठड्याउन पाएन अनि त आनन्द भाेनि हैन र ?! नेपालकाे २०७९ काे आमचुनाबमा जितेर वा समानुपातिकमा संसदमा नेतृत्व गर्ने सांसदहरुलाई आउने पिडिले खुब मजाले सम्झिनेभाे !

त्यति मात्र हाे र यीनिहरकाे त इतिहासमा नि यस्ता किसिमका अक्षरहरु लेखिने भएकि जाे हरेकका आँखाबाट कहिल्यै नहराउने गरि झल्झली देखिने भए । संसारमा कहिँकतै नभएकाे कानुन बनाउने यी सांसद अनि यसबेलाकाे खड्कप्रसाद ओलिकाे सरकार अनि गठबन्धनकाे नेपाली काँग्रेस पाटि अनि यसका नेता शेरबहादुर देउबा र उनकि श्रीमती आरजु राणाकाे काँग्रेसमा एक छत्र राज यी मान्छेले बनाएकाे कानुन कस्ले बिर्सेलान र?

बेथितिका हरेक मार्गलाई आत्मसात गर्दै हिँडेका र जनतालाई दुखकाे भारी बाेकाएर आँफुहरु सुखसयलमा हाई काढने यस्ता नेतालाई बिर्सन चाहेर नि कल्ले बिर्सेला र ? त्यसैले बा अनि दाइ भाउजू ,माैका यहि हाे ८४ काे चुनाब अघिसम्म हाे जतिसक्नु हुन्छ दुबै हातले लुटनुस,लुटाउनुस त्याे भन्दा पछि तपाइँहरका पाटिलाई र तपाईंलाई जनताले नाङ्गो बनाएर सडकाँ लखेटने छन । संसारमै नभएकाे ऐन कानुन बनाएर नेता संरक्षण गर्न जुनजिम्मा ओलि र देउबाले निर्वाचित र समानुपातिक सांसदलाई दिएर जनता सिध्याउन र देशलाई जरजर बनाएर युवाहरुलाई विदेशिन बाध्य बनाएका छन त्यसकाे हिसाब किताब जनताले पक्कैपनि राखेकाछन ।

त्यत्ति हाे ऐले दिन पापि, तस्कर र मानव बेचुवाहरुका छन पछि कुन न कुनै दिन त ईतिहास लेखुवा र सत्यकाे पछि हिँडनेहरुकाेनि त आउला ।५० वर्षाँ त खाेलाे पनि फरकन्छ भन्छन त जनतादिननि त फर्केलाननि के सधैँभरि भष्टाचारिहरुकै दिन रहलान र ? कस्ता कस्ता मैहु भन्ने अधिनायकवादि,हत्यारा र क्रुर सामन्तिहरुका त दिन गए भने ऐलेका दलका नेतात के हुन र! संसारमै नभएका ऐन नियमका जन्मदाता, गणतन्त्रका कलंकहरुबाट देश र जनतालाई बचाउन काेहि न काेहिले याे देशमा जनम त लेलानि, बस अब त्यसैकाे पर्खाईमा छन नेपाली जनता ।

घुँयत्राे : बा (केपि ओलि) काे कार्यकाल त …

सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री

घुँयत्राे : बा (केपि ओलि) काे कार्यकाल त …

सम्पादकीय : घर बीमा कार्यक्रममा कोही नछुटुन्

Leave a comment

Your email address will not be published. Required fields are marked *