घुँयत्राे : ओलिबा डनै हुन गाँठे !

मान्छे त ओलिबा डनै हुन गाँठे ! आफ्ना झाेले चम्चाले भनेछि ज्यानै दिननि तयार हुने । आफ्नाकाे स्वार्थभित्र देशलाई फन्फनि घुमाउन मायुर बा ले दशाैँ बर्ष लाएर बनाकाे निसेनिलाई याे पटकनि पास हुन नदिन सभामुखलाई निर्देशन गर्या सम्चार आएछि बिचरा सानातिना कर्मचारी बाकाे नाैटंकि देखेर दङ्ग छन ।

निसेनिमा सेवा निवृतकाे २ बर्षलाई कुलिङ पिरेड मानेर २ बर्षभित्र ती कर्मचारीलाई अन्त कहिँपनि नियुक्त दिन नमिल्ने भन्ने ब्यवस्था कानुनमा गरेछि रिटायर हुने सचिबहरले कुलिङ पिरेडकाे धुवाँधार विराेध गरेछि समिति र सदनमा प्रसस्त मात्रामा छलफल भएर याे अधिवेशनमा ऐन पास गर्ने भनेर संसद लागिरहेकाे बेला एक्कासी आफ्ना पाटिका कार्यकर्ताहरु,मुख्य सचिव, स्थानिय सचिव, गृहसचिव लगायतका सचिवहरुले २ बर्षकाे कुलिङ पिरियड राखेर ऐन पास नगर्न विन्ति बिसायछि प्रधानमन्त्रीले सिधै सभामुखलाई निर्देशन गरेर निसेनि पारित गर्न प्रस्ताव नगर्न आदेश जारी गरेकाछन ।

अन्य कुनै राजनीतिक दलसितकाे छलफल र देशकाे कानुन नियम र संविधानकाे खिलाफ निरंकुस तरिकाले आफ्नाे उर्दि जारी गरेर मुलुकालाई बेथिति र भष्टाचारकाे दलदलकाे बाटोमा मात्रै लैजान उध्दत हुने प्रधानमन्त्रीकाे शैलिले देशलाई सँधैभरिि अनिर्णयको बन्दी बनाई रहेकाेछ । तर सरकारमा सँगै बसेकाे राजनैतिक दलभने प्रधानमन्त्रीका हरेक किसिमका ऐन नियम बिराेधि क्रयाकलापकाे किनारामा ल्याप्चे लाएर साक्षि बनेर बसि रहेकाे छ ।

७० बर्षकाे उमेरपछि मलाई खान दिन्ननकि कि भन्ने प्रधानमन्त्री र छैठौं पटक म प्रधानमन्त्री हुन पाउन्नकि भनेर शेर बहादुरभित्र देखिएकाे सन्त्रासले गर्दा यी दुई ( ओलि र देउबा) का कारण देशमा अनेकन बेथिति भित्र्याइएकाेछ । यी २ जनाकाे मनपरितन्त्रकाे कारण जनता बेलाबेलामा यिनिहरुप्रति राेष प्रकट गर्दै आईरहेका छन तर पनि यिनिहरुलाई जनताकाे विराेधले कुनै फरक पारेकाे छैन ।

ऐले त झन सरकार वा नेताहरुकाे विराेध जस्ले गर्छ त्यसशीत बदलालिन तत्काल लगेर थुनि आँफुलाई मानवअधिकार वादकाे मसिहा सम्झने चलन बढदैछ । याे निरंकुसताले जनतालाई यिनकै विरुद्ध सडकमा आउने स्थिति निर्माण गरिरहेकाेछ । बेथिति र भष्टाचारका जन्मदाताकारुपमा रहेका नेताका रुपमा जनताले एमाले र काँग्रेसका यी दुई नेतालाई लिँदै ८४ काे चुनाबमा देखाई दिने चेतावनि दिई रहेका छन तर पनि जनताकाे चेतावनिप्रति कुनै वास्ता नगरि आफ्ना निजि स्वार्थ पूरा गर्नतिर मात्रै ध्यान दिई रहेका केपि र देउबाकाे बलमिच्याइँले देशलाई दिनदिन खाेक्राे बनाई रहेकाेछ ।

यदि याे देशकाे शक्ति केन्द्रमा केही वर्ष यिनी हरु र यिनका कार्यकर्ताकाे राज रहिरह्याे भने नेपाल असफल राष्ट्रकाे रुपमा परिणत हुनेछ र यसलाई सम्हाल्न अर्काे पिंढिलाई हम्मे हुनेछ । यिनिहरुका हर्कतका कारण जनता कैले ८४ काे चुनाब आउला र नेतृत्व फेरम्ला भन्ने दाउमाछन भने यिनिहरु ८४ सम्म सबैचिज लुटेर देशलाई तहसनहस पारेर छाेडने दाउमा छन ।

आफ्नो परिवार र आफ्ना कार्यकर्ताका निम्ति जुनसुकै गतिविधि गर्न तयार हुने गठबन्धनका दलका नेताहरुकाे व्यबहारका कारणनै १० आैँ वर्ष लगाएर कराेडाैँ रुपैयाँ बगाएर बनाइएकाे ऐनलाई फेरि आफ्नो कार्यकर्ताकाे स्वार्थ पूरा नहुने र सरकारी कर्मचारीमा आफ्नो पाटिकाे दबदबा नहुने भएछि याे पटकपनि प्रधानमन्त्रीले ऐन ल्याउन नदिने भएछन । के गर्ने याे देशमा बस्नु र बाँच्नु छ भने उनिहरुकाे अन्याय सहनै पर्याे उनिहरुकाे प्रजातन्त्र यै हाे ।

हामीले अरु मुलुककाे प्रजातन्त्र याे मुलुकमा खाेजेर के गर्नु ! कमिनिष्ट शासनमा सबै कुरा सहने हाे तर सक्कलि कमिनिष्ट मुलुकमा बाेल्न नदिएनि पेटभरि खान र दिनभरि काम दिएर रातभरि निदाउन दिन्छन भन्थे तर यहाँकाे ओलि कम्युनिजममा चाइँ न खान दिन्छन न काम दिन्छन यस्तै रैछ एमाले कम्युनिजम बस् यसकाे र यसका नेता ओलिकाे जय भनम कालपर्खिम । हैनत !

घुँयत्राे : ओलिबा डनै हुन गाँठे !

घुँयत्राे : रास्वपाका सांसदहरु कडा त कडै

घुँयत्राे : ओलिबा डनै हुन गाँठे !

नेपालगन्ज उपमहानगरपालिकाको १ अर्ब ६४ करोडको बजेट

Leave a comment

Your email address will not be published. Required fields are marked *