घुँयत्राे : रास्वपाका सांसदहरु कडा त कडै …

रास्वपाका सांसदहरु कडा त कडै रैछन हाे । भिजिटभिसा काण्ड बाहिरिएदेखि नै संसदमा बखेडा झिकेर सदननै चल्न नदेका उनरले अँझै पनि सदनाँ सत्तारुढ नेताहरलाई सजिलै बाेल्न दि राछैनन । बिचरा सरकारलाई यै बेलाँ बजेट नल्याई नभा अनि रास्वपालाई नि आफ्नाे अध्यक्षकाे बदला नलिनभाकाे अनि के खाेज्छस ……….. आँखा भन्याझैँ यै हाे माैका काँग्रेस एमालेलाई तह लाउने भनेर एकाेहाेराे गृहमन्त्रीको राजीनामाकाे माग राखेर सदन भित्र धर्ना बसेर नाराबाजी र याेगासनतिर जुटेर सदनाँ फिटिक्कै बाेल्न द्याछैनन त ! बिचाराे सरकार आँफुले ल्या बजेटाँ छलफलनै गराउन नपाएर दिनहुँ सदनबाट रित्तै हात फर्कन्छ ।
त्यसाे त सरकारका लागि त झन छलफलनै नभएर सत्तारुढ दलहरुकै सांसदहरुले तालि पिट्देर बजेट पास हुने अबस्था सदनाँ भएछि अरु के चाईयाे र ! तर बाहिरबाट हेर्नेका लागि चाइँ साह्रै लाजकाे मर्नु भैराछ । सदन सभामुखले चलाई रा छ सत्तारुढ दलका नेताहरु बाेलि राछन । सदनमा माननीयका कुरा सुन्ने मान्छ्यै छैनन । रित्ता कुर्सीलाई कति सुनाउने ।

आजभाेलि गर्दागर्दै कुरा सुन्ने कुर्चि र सभामुखबाहेक काेहि नभएछि सत्तारुढ दलका माननियसमेत जान छाेडे भने अनिवार्य रुपमा उपस्थित हुनु पर्ने मन्त्री काे त झन सन्ध गन्धै सदनमन भेटिन्न । आफ्नो लाज आँफै ढाक्न लाज लाएछि प्रचण्डकाे साथ मागेका सरकारि नेता ओलि र देउबा प्रचण्डलाई लिएर सदनकाे दरार हटाउन रातसाँझ बैठकबस्छन । “भाेलिदेखि बैठकसुचारु” भन्ने सन्देश दिन्छन त्यै सन्देश लिएर आफ्नो सन्चार माध्यम रङ्ग्याउनेहरुले नेताकाे विश्वासमा पेजभर्छन तर नत प्रतिपक्षहरुले बैठक चलाउनेमा सहमति दिन्छन न चल्न दिन्छन , समाचार साेह्रै आना गलत सावित हुन्छ त्यै समाचारले बिचरा सन्चार माध्यमकाे विश्वसनीयता पनि घटदै गई रहेकाे छ यस्ताे विजाेगकाे अबस्थामा पनि २ नेता देउबा र ओलि समाधानकाे उपाए खाेज्न तयार छैनन ।
याे बेथितिकाे विषयमा लेख्न खाेज्याे र सरकार किन देश र जनताप्रति उत्तरदायी बन्न चाहिँ रहेकाे छैन भनेर सरकारलाई झक्झक्याउन खाेज्याे भने उसलाई सरकार विराेधि र देशद्राेहि देख्छ र उसलाई कसरी दुखदिने भन्ने कुरामा अग्रसर देखिन्छ । याे अबस्था कैलेसम्म राख्ने हाे त यसकाे समाधानकाे विन्दु खाेज्नु पर्दैन । ल सरकार त गैर जिम्मेवार भयाे भयाे आँफुलाई सक्षम र युवाहरुकाे पाटि भनेर नथाक्ने रास्वपा र राप्रपा दुवैले यसकाे समाधान खाेजेर सदन सुचारु गराउनु पर्दैन ?
कि त यी दुई दलहरुपनि सरकार सन्चालनका ३ कडि मध्येकाे व्यबस्थापिका लाईनै निलम्बन गरेर ओलिलाई सरकार चलाउन दिने दाउमा छ र यदि त्यस्ताे हैन भने जनताप्रतिकाे जिम्मेवारी सम्झेर रास्वपा र राप्रपाका नेताजीहरु सरकारकारी दलहरुप्रतिकाे इख सामान्य जनतामाथि नपाेखाैँ । बरु सरकारीदलहरुलाई सदनमै नङ्ग्याउँ, भष्टाचारीहरुलाई सडकमै कारवाहि गराैँ तर देशलाई पछाडि धकेल्ने काम नगरम ! सरकारीदलका नेताहरुलाई ८४ काे चुनाबमा नल्याउन जनतामा अपिल गराैँ ,उनिहरुले देशमा मच्चाएको लुटतन्त्रकाे विराेध गराैँ यिनका विरुद्ध एक हुन आव्हान गराैँ तर सदनकाे याे अभ्यास भाेलिका दिनदेखिनै बन्द गराैँ । तब न तपाईं का पाटि र नेतालाई जनताले विश्वास गर्ने छन र आगामी चुनाबमा जितपनि तपाइँहरुकै हुनेछ । अस्तु !






