`प्रल्हादकुमार अग्रवालको जीवनयात्रा व्यवसायीका लागि प्रेरणाको स्रोत´-मुख्यमन्त्री आचार्य

भैरहवा,५ भदौ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगपति तथा समाजसेवी प्रल्हादकुमार अग्रवालको प्रेरणादायी जीवनयात्रा समेटिएको ‘सरलताका आदर्शः प्रल्हादकुमार अग्रवाल’ स्मृति ग्रन्थ व्यवसायीहरूका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बिहीबार भैरहवामा आयोजित ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रत्येक उद्योगी व्यवसायीले उक्त ग्रन्थ अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो-`प्रल्हादकुमार अग्रवाल र उहाँको परिवार तथा सिंगो व्यवसायी समुदायप्रति प्रदेश सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु । बुवा र हजुरबुवाले थालनी गरेका कार्यलाई अझ विकसित रूपमा अगाडि बढाउन सफलता प्राप्त होस् भन्ने कामना गर्दछु । अधुरा सपनाहरू पूरा गर्न यहाँहरू अगाडि बढ्नुहोस् । सरकार सदैव साथमा रहनेछ ।´

भैरहवा औद्योगिक क्षेत्रलाई औद्योगिक केन्द्रका रूपमा स्थापित गर्न अग्रवालले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै मुख्यमन्त्री आचार्यले उहाँको जीवनपद्धति यथार्थमै सरलताको आदर्श भएको बताउनुभयो । उहाँले देशको समृद्धि कृषि, पर्यटन, जलस्रोत, ऊर्जा र औद्योगिक विकासमा आधारित हुने स्पष्ट दृष्टिकोण राख्दै राज्य, निजी क्षेत्र र सरोकारवालाको साझा प्रयास आवश्यक हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रकाशित स्मृति ग्रन्थले भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिएको छ । मुख्यमन्त्री आचार्यले दिवंगत प्रल्हादकुमार अग्रवालप्रति श्रद्धाञ्जली अर्पण गर्दै ग्रन्थ प्रकाशनमा जाेडिएका सबै पक्ष प्रती आभार व्यक्त गर्नु भएको छ । स्मृति ग्रन्थ विमाेचन कार्यक्रममा प्रदेश सरकारका मन्त्री, संघीय सरकारका पूर्व मन्त्री, उद्योगी, व्यवसायी तथा परिवारका सदस्यहरुकाे सहभागीता थियाे ।

`प्रल्हादकुमार अग्रवालको जीवनयात्रा व्यवसायीका लागि प्रेरणाको स्रोत´-मुख्यमन्त्री आचार्य

लुम्बिनि प्रदेशका ६ जिल्लामा भदौ ८ गते

`प्रल्हादकुमार अग्रवालको जीवनयात्रा व्यवसायीका लागि प्रेरणाको स्रोत´-मुख्यमन्त्री आचार्य

नेपालमा पहिलोपटक महिला प्रहरी सम्मेलन सुरू

Leave a comment

Your email address will not be published. Required fields are marked *