युगआह्वानकर्मी ओम शाहीसहित सात पत्रकार कर्णाली सरकारद्वारा पुरस्कृत

सुर्खेत ,४ भदौ।
कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा यस वर्ष सात जना पत्रकारलाई विभिन्न विधामा पत्रकारिता पुरस्कार प्रदान गरेको छ। वीरेन्द्रनगरस्थित रंगशालामा बुधबार आयोजित विशेष समारोहमा पत्रकारितामार्फत प्रदेशको विकास, समृद्धि र समावेशीतामा योगदान पुर्‍याउने पत्रकारहरूलाई सम्मान गरिएको हो।

यसअघिका वर्षहरूमा तीन जनालाई मात्र पुरस्कृत गर्ने परम्परालाई विस्तार गर्दै यसपटक सात जना पत्रकारलाई सम्मान गरिएको हो। जसमा ७५ हजार रुपैयाँ राशिको कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार कालीकोटका प्रेमराज सिमखडाले प्राप्त गरे भने ५० हजार रुपैयाँ राशिको कर्णाली वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार सुर्खेतका प्रकाश पन्तलाई प्रदान गरिएकाे छ ।
यस्तै, विकास र समृद्धि पत्रकारिता पुरस्कार सुर्खेतका ओम शाही र हुम्लाका राजन रावतलाई प्रदान गरिएको छ भने कर्णाली सशक्त सञ्चारकर्मी पुरस्कार जाजरकोटका हेमन्त केसीलाई प्रदान गरिएकाे छ ।
शाही युगआह्वान राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक हुन् । यस्तै, कर्णाली समावेशी पत्रकारिता पुरस्कार सुर्खेतकी सिर्जना बुढाथोकी डाँगी र जुम्लाका नौरते नेपालीलाई प्रदान गरिएको छ। उनीहरुलाई जनही ३५ हजार नगद, प्रमाणपत्र र दाेसल्ला ओढाएर सम्मान गरिएकाे थियाे ।

युगआह्वानकर्मी ओम शाहीसहित सात पत्रकार कर्णाली सरकारद्वारा पुरस्कृत

बैतडीमा सरकारी सुविधा लिन उद्योग दर्ता, नपाउँदा

युगआह्वानकर्मी ओम शाहीसहित सात पत्रकार कर्णाली सरकारद्वारा पुरस्कृत

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

Leave a comment

Your email address will not be published. Required fields are marked *