कृषि उपकरण मर्मत गर्न दुई दिने ‘मिस्त्री तालिम’

सुर्खेत, ३ मंसिर ।

वीरेन्द्रनगरमा दुई दिने कृषि उपकरण मर्मत सम्बन्धि तालिम सुरु भएको छ । पोषण परियोजना अन्तर्गत राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र सुन्दर नेपाल संस्थाको संयूक्त आयोजनामा बुधबार र बिहिबार तालिम आयोजना हुनेछ ।

उनीहरुलाई कृषि आधुनिकीकरणमा टेवा पुर्‍याउन पावर टिलर, मिनि टिलर, ग्रेण्डर आदी लगायतका कृषि उपकरणहरु मर्मत सम्बन्धित आधारभूत तालिम दिइने सुन्दर नेपाल संस्थाको पोषण परियोजनाका कार्यक्रम संयोजक चन्द्र थापाले जानकारी दिए । उनका अनुसार तालिममा पोषण परियोजना लागु भएका सुर्खेतका पाँच पालिकाका आठ जना स्थानीय मिस्त्रीहरुको सहभागिता छ ।

वीरेन्द्रनगर, भेरीगंगा, लेकवेशी, गुर्भाकोट नगरपालिका र बराहताल गाउँपालिकामा पोषण परियोजना कार्यान्वयनमा रहेको उनले बताए । परियोजना अन्तर्गत यी पालिकाहरुमा पोषण सुधार सम्बन्धिका विभिन्न कृषिमा आधारित कार्यक्रमहरु कार्यान्वयन भइरहेको संयोजक थापाले जानकारी दिए । एक वर्षअघि सुरु गरिएको परियोजनाले कृषि जिविकोपार्जन तथा बजारिकरणमा कृषकहरुलाई सहयोग गर्दै आएको छ ।

कार्यक्रम लागू भएयता समुदायमा कृषि उत्पादन वृद्धिसँगै बालबालिका, महिला तथा किशोरीको पोषण सुधारलाई प्राथमिकताका साथ अघि बढाइएको संयोजक थापाले बताए । कर्णालीमा अझै पनि उमेरअनुसार हुनुपर्ने तौल र उचाइ नपुगेका बालबालिकाको संख्या उच्च रहेकाले पोषण अभावलाई कार्यक्रमले मुख्य समस्या मान्दै आएको उनको दावी छ । यसका लागि घरघरमा पोषणयुक्त, विषादीरहित तरकारी तथा खाद्यान्न उत्पादनमा जोड दिइएको छ । कार्यक्रमअन्तर्गत करेसाबारीमै जैविक उत्पादन विस्तारका लागि आमा समूहलाई ‘किसान कार्ड’ वितरण गरिएको छ । साथै, महिना अनुसार कुन बाली रोप्ने ?, कुन मौसममा के उत्पादन गर्ने ? भन्ने बारेको बाली पात्रो उपलब्ध गराइएको उनले बताए । किसानलाई पोल्ट्री, दाना तथा अन्य कृषि उद्यम स्थापना गर्न प्राविधिक तथा आर्थिक सहयोग प्रदान गर्ने गरिएको संस्थाले जनाएको छ । ‘यान्त्रिकीकरण कृषि विकासको अर्को महत्वपूर्ण पक्ष बनेको । किसानले अनुदानमा वा आफ्नै लगानीमा खरिद गरेका कृषि उपकरणले उत्पादनशीलता बढाउन मद्दत गरे पनि उपकरण बिग्रँदा मर्मत तथा संचालनमा समस्या बढ्ने गरेको छ । प्राविधिक ज्ञानको अभावले उपकरण मर्मत महँगो पर्ने भएकाले हरेक गाउँ–टोलमा कृषि उपकरण मर्मत गर्ने दक्ष मिस्त्री उत्पादन गर्ने लक्ष्य कार्यक्रमले राखेको छ,’ थापाले भने ।

कृषि उपकरण मर्मत गर्न दुई दिने ‘मिस्त्री तालिम’

विचारः मोटोपनले अस्वस्थ महिला 

कृषि उपकरण मर्मत गर्न दुई दिने ‘मिस्त्री तालिम’

राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व

Leave a comment

Your email address will not be published. Required fields are marked *