घुँयत्राे:”पन्चायतदेखि गणतन्त्रसम्म: नेताले कुर्सी खाए, जनताले धुलो चाटे”

जन्मिननि कस्ताे बेलाँ जन्मेछ के हाम्राे जेनेरेसन ! २९ बर्ष पन्चायतका पन्चहरुले घाँटी अँठ्ठ्याएर ठाडाे उठनैदेनन । पन्चहरुकाे निरङ्कुसताविरुध्द लडदालडदा ४७ साँ प्रजातन्त्र के आथ्याे अनि तिनै नामका मात्रका प्रजातन्त्र वादिलेनि त्यै आफ्नै घेराभित्रका काेईराला र तिनकै स्याउरे म्याउरेकैतिर दृष्टि पुर्याएर जनताकाे आशा र विश्वाशमा तुषारापात गरेछि फेरि अर्काे आन्दोलनले लाेतन्त्र भन्नेलाई खुट्टा टेकायाे लाेकतन्त्रनि नामकाे मात्रै लाेकतन्त्र भाे काम र माम जति उहीँ गिरिजा तन्त्रमा गएर खाँद्दियाे । यै निहुमा माओवादि भन्ने जिनिस जङ्ल छिरेर गाउँबस्तिमा हाँहाँकार मच्चाएछि त्याे १० बर्षे हाँहाँ काराँ गाेडासत्रेक हजार मान्छे मारेर टप्क्या प्रचण्ड र बाबू रामलेनि केई गर्छन कि त भनेझैँ गरे । प्रचण्ड र बावुरामकै डरले कब्जामा आका गिरिजाले नि संसारमै नभकाे माओवादिका विना निर्वाचित अनि अरु पाटिका निर्वाचित प्रतिनिधि बनाएर संसद चलाएकाे याे देश बिना ठेगानमै चल्ने मध्येकाे नमुना देश हाे ।

संविधान सभाले संविधान लेख्ने निहुमा संसद प्रवेश गरेका प्रचण्डले संविधान सभालाई पैलाेपटक संविधान लेखेर जारी गर्नै दिएनन । जब ५ बर्षकाे सत्ताकाे स्वाद चाखे तप प्रचण्ड याे स्वाद आफ्नो पाेल्टाट बाईर जान नदिन फेरि ५ बर्षे संविधनन सभाकाे निर्वाचन गराएर अनेकन प्राेपाेगण्डाका भरमा संविधान सभामा आए । त्यसपछि उनिरुनि काँग्रेस एमालेकाे सुखसयलसित लस्कि सक्या हुनाले माओवादिकाे चरित्रनि काँग्रेस एमालेभन्दा भिन्न हुन सकेन । अनि पन्चायतदेखि गणतन्त्रसम्मका नेताकाे राजनीतिक,आर्थिक र समाजिक चरित्रसित भलिभाँति परिचित भै सक्याथिम । देश माओवादिकानाममा खुब बिक्याे तर अन्त्यमा माओवादिका नेता प्रचण्ड देखि बाबुराम अनि बर्षमान पुनदेखि कृष्ण बहादुर महरासम्मका परिवारवादका खेल र कार्यकर्ताका नाैटंकि र ठेक्का पट्टामा यिनरकाे पहुँच अनि यिनरकाे भष्टाचारकाे खेलाे र प्रशासनिक क्षेत्रकाे कब्जा र उद्याेग ब्यवसाय र जलविद्युत आयाेजनाहरुमा भष्टाचार र लगानि यी सब खेलाेमा यीनरकै हात भएछि फेरि जनता निरुत्साहित भएकाछन । गणतन्त्र भित्रकाे कमिनिष्ट सरकारका राजा एमालेका प्रधानमन्त्री केपि शर्मा ओलि सत्तामा आएदेखि नै गणतन्त्रमा माथिनै जनताले देखाएकाे असन्तुष्टि र एमाले सरकारले जनताप्रति गर्ने गरेकाे ब्यवहारले जन्माएकाे वितृष्णाले गर्दा नै जनता फेरि याे गणतन्त्रका विरुद्ध पनि सडकमा आउन थालेकाछन । केही बर्षमा बनेका हरेक पाटिका हरेक सरकारका हरेकमन्त्री देखि कार्यकर्ता र केही कुराकाे निर्माणकाे जिम्मा लिएकाे उपभोक्ता समिति समेत भष्टाचारमा मुछिएर डुङडुङति गन्हाई रहेकाे र उनिहरुमाथि कार्बाहि हुनुकाे सट्टा झन उनिहरुलाई प्राेत्साहित हुने खालका काम सरकारले गर्दै बेथितिलाई माैलाउन दिन थालेछि । जनता अति भएर आजदेखि सडकमा उत्रिँदैछन । पूर्ण रुपेण गैरराजनीतिक र २८ बर्ष मुनिका युवाहरुकाे संलग्नतामा हुने साेमबार देखि हुने आन्दोलनले ओलिसरकारकाे जरा हल्लाएर ढाल्ने हाेकि ओलिलाई अँझ तानाशाहि भएर जान बल मिल्ने हाे थाहा छैन ! तर सामाजिक सन्जाललाई समेत प्रयाेग गर्न नदिएर देशलाई उत्तर काेरिया बनाउने प्रधानमन्त्री र सन्चारमन्त्रीकाे चाहनालाई कुल्चिएर देशलाई नयाँ बाटोमा डाेर्याउने जाेश र जाँगरका साथ सडकमा उत्रिएकाे याे जमातले पन्चायतदेखि गणतन्त्रसम्मका विकृतिलाई आैंला भाँचीभाँची गनेर विकृति जति समुल नष्ट गर्दै आन्दोलनलाई अगाडि बढाएर ससक्त र युवा नेतृत्वलाई देश हाँक्ने जिम्मा लायाे भने बल्ल याे देशका विकृति र विसंगति हटेर देश र जनताकाे समृद्धि हाेला र देशप्रति विश्वाश जाग्ला अन्यथा आजका दिनसम्मका राजनीतिक प्रणालि र राजनितिज्ञहरुले देशलाई याे अबस्थामा पुर्याएकाे र युवा जनशक्तिलाई याे देशमा बस्नै नदिने नियतका साथ शासन प्रणालि सन्चालन गरेकाेले जनता कसैप्रति पनि सजिलै विश्वाश गर्ने अबस्थामा छैनन। त्यसैले याे जेनजी आन्दोलन हाँक्नेहरुले सबैभन्दा पैले बुझ्नु पर्ने कुरा चाइँ जनताकाे आन्दोलनप्रतिकाे विश्वास हाे । त्यसकारण पनि जनताकाे विश्वासलाई आन्दोलनमा बाँधेर लग्न सकियाे र ठिक समयमा ठिक निर्य गर्न सक्ने नेताले आन्दोलन हाँक्न सक्याे भने आन्दोलन सफल हुनेछ र विश्का अन्य मुलुकका दाँजाेमा विकास र सभ्यताका दृष्टिले सयबर्ष पछि रहेकाे नेपाल र नेपाली जनताले पनि आँफुलाई ढिलै भएपनि अरुका अगाडि उभ्याउन र उभ्भिन सक्नेछन ।

उमेरले युवा भएपनि वुध्दि,विबेक र निर्ण क्षमताले आन्दोलनकारीहरु पाकाे र परिपक्व नेतृत्वले आन्दोलनलाई सफल पार्नेछ भन्ने कुरामा हामी जनता विश्वस्त छाैँ । र फेरि अर्काे याैटा ब्यवस्था र त्यसकाे आगमन सँगै अनेकाैँ राजनीतिक अनुभव बाेकेका हाम्ले फेरिफेरि राजनीतिक आन्दोलन देख्न नपराेस । जिएनजीहरुलाई शुभकामना ! ।

 

घुँयत्राे:”पन्चायतदेखि गणतन्त्रसम्म: नेताले कुर्सी खाए, जनताले धुलो चाटे”

एनआरएनए पोर्चुगलको प्रवक्तामा नबराज घर्ती नियुक्त

घुँयत्राे:”पन्चायतदेखि गणतन्त्रसम्म: नेताले कुर्सी खाए, जनताले धुलो चाटे”

घुयँत्राे:” बिरसिक्का “

Leave a comment

Your email address will not be published. Required fields are marked *