घुँयत्राे: बिदेश गएको बा, आशामा बसेका नेता !

हैन! एकुन्ताकत मन्त्री मण्डल भख्खरै पुनर्गठन हुन्छकि भनेजसतरी सामाजिक सन्जालाँ समाचारकाे वैरै लाग्याथ्याे त ! ऐले फेरि के भएचराे मन्त्री फेरपने कुराकाे त सन्धगन्धै छैनत हाे । कि त प्रधानमन्त्री बा विदेशतिर सयर गर्न हिँडेछि याे हल्लानि त्यत्तिकै थाँति रअत हैन । हुनत देउबाले मन्त्री हेरफेर गर्न देनन भन्ने हल्लालेनि याे सम्चारलाई त्यसै शिथिल बनाथ्याे त्यसैमा बा बिदेशतिर सुइँकेछि त झन मन्त्री बन्न पाईन्छ कि भनेर मख्ख पर्या एमालेहरलाई झन हुनसम्मकाे छट्पटी भा हाेला । हुनत बाले काँग्रेसले मन्त्री फेर्न आलटाल गरेछि मधेसी दलहरलाई सरकाराँ ल्याएर रमाईलाे गर्ने भनेर लाग्याछन ।ऐले प्रधानमन्त्रीलाई सबभन्दा साैँराई उपेन्द्र यादबकाे लाग्छ छ । उपेन्द्रलाई ल्याएदेखि सरकार निस्फिक्रिले चलाउन पाईन्थ्याे भनेर बाले उपेन्द्रलाई फकाउन थाल्दा थाल्दै काँ फेरि सरतसिं भण्डारीकाे पाटिले सरतलाई निकालेर अर्कोलाई मन्त्री बनाउन पर्याे भनेर हल्ला चलाइदेछि तराईका सबै मधेसी पाटियाँ खैलाबैला मच्चियर नत उपेन्द्र मन्त्री भए नत शरतसिं भण्डारी गए । यै बेला फेरि बालाई बिदेश नगै नभाकाे केईछैन मन्त्री हुम्ला भनेर जुङा ताउलाएर बस्या साथीहरु निरास नहुनाेस ८/१० दिन ढिलाे भएनि तपाइँहरु मन्त्री चाइँ पक्कै हुनुहुन्छ । केइ दिनमा बा तुर्किमिनिस्तानबाट फर्केर आएछि तपाईंहरकानि खुसशीका दिन आउँछन । रात गए अग्राथ पलाउँछ भन्याझैँ पैले याैटा मन्त्री हुन्छ भन्या पछि अर्काे बरु हुन सक्छ तर मन्त्री मण्डल हेरफेरचाइँ निश्चित हुन्छ । बरु ककस्लाई मन्त्री हुन मन लाछ बाका दलालहरुका चाकडीमा लागि हालम् किनभने दलालकाे सिफारिसबिना याे देशाँ त सिन्काेपनि हल्लिन्न त्यसमानि बा त झन अरुकाे सिफारिस बेगर केइपनि गर्नु हुन्न । बाकाे यसपटककाे मनकाे ठूलाे घिडघिडाे भन्या भूमि ऐन पास गराउने र कुलिङपिरियड लागू हुन नदिने हाे। कुलिङ पिरिडकाे कुराे त अब करिबकरिब सक्कियाे प्रतिवेदन बुझाउँछन याैटा तराजाँ थन्क्याएर छाेड्द्याेभैगाे ।

याे भूमि सम्बन्धि ऐन तल्लाे सदनाट पास गराएर माथिल्लाे सदनाट पास गराउन याे उपेन्दरकाे मधेसी पाटिनै चाइने भा हुँदा सबभन्दा पैला उस्सैलाई नफकाई भा छैन भने, बा रातदिन उपेन्दरकै खाेजियाँछन ।उपेन्दरनि उल्ले माग्या उपप्रधानमन्त्री पाएछि बाकाे प्रस्ताबलाई यतिछिटाे छातियाँ टाँसेर प्रधानमन्त्री क्वाटर पुग्नेछकि त्यसकाे वर्णन ह्याँ नगरम । विचारा सरकारकाे समर्थन गरेर हारथाक हुँदानि मन्त्री नबनाईदेछि त्यसकै झाेकैझाेकाँ सरकारछाेडेर प्रतिपक्षाँ गएँ भनेर सदनमा प्रतिपक्षकाे सिटतिर लाएछि मात्रै झल्याँस्स भएर बा फेरि उपेन्दरकाे चाकरियाँ जुट्याथे ,चाकरी पुर्याउँदा पुर्याउँदै विदेश जान परेछि ऐले केई दिनलाई काम थाँति रहेनि बा फर्केछि पक्कैनि बा र उपेन्द्र ,दुईटैकाे चाहना पूरा त हाेलानि हैन र ? आखिर राजनीति भन्या यै त रैछ उसकाे चाहना उल्ले पूरा गर्ने उसकाे चाहना यल्ले पूरा गर्ने हैन र ?

घुँयत्राे: बिदेश गएको बा, आशामा बसेका नेता !

योजना छनोट र बजेट विनियोजनमा सुधार अझै आवश्यक :

घुँयत्राे: बिदेश गएको बा, आशामा बसेका नेता !

बर्दियाको किरिनखोलामा जलसतह सतर्कता तहभन्दामाथि

Leave a comment

Your email address will not be published. Required fields are marked *