पुस्तकालय दिवसमा ज्ञानोदय सामुदायिक पुस्तकालय सम्मानित

काठमाडौं , १६ भदौं ।
काठमाडौँमा आइतबार आयोजित १८औँ पुस्तकालय दिवस–२०८२ को मूल समारोहमा बाँकेको कोहलपुर–११ स्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सम्मानित भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलले पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईलाई दोसल्ला ओढाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी श्री रत्न पुस्तकालय काठमाडौंले पनि ज्ञानोदय सामुदायिक पुस्तकालयलाई नगद ५० हजारसहित सम्मान गरेको छ । उक्त सम्मान श्री रत्न पुस्तकालय बानेश्वरका अध्यक्ष शशि बिक्रम राणाले अध्यक्ष भट्टराईलाई हस्तान्तरण गरेका थिए । २०५८ सालमा स्थापना भएको यस पुस्तकालयले स्थानीय समुदायमा ज्ञान, सीप र चेतनाको विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।
पुस्तकालय दिवसमा ज्ञानोदय सामुदायिक पुस्तकालय सम्मानित

तत्कालीन द्वन्द्वपीडितले न्याय नपाएकामा चिन्ता

पुस्तकालय दिवसमा ज्ञानोदय सामुदायिक पुस्तकालय सम्मानित

पहिराले कर्णाली राजमार्ग र देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *