विकास ओसार्दै जुम्ला दुर्गमका सडक


जुम्ला सदरमुकाम खलंगादेखि जुम्लाको पातारासी गाउँपालिका जोड्ने सडक सञ्चालन भएपछि पातारासी–६ भाङखोलाका जन बुढा निकै उत्साहित छन् । अहिले उनी दैनिक उपभोग्य सामानहरु घरमै मालबहाक गाडीको प्रयोग गरेर पु¥याउँछन् । घरमा उत्पादन भएको अर्ग्यानिक उत्पादनहरु सडक हुँदै सुर्खेत नेपालगञ्ज र सुर्खेतका सहरहरुमा पु¥याइरहेका छन् ।

’पहिले स्याउ, आलु, प्याज, टमाटरहरु उत्पादन भएर पनि बजारसम्म पु¥याउन निकै कठिन थियो,’ उनले भने, ‘सडक पुगेपछि गाउँमै पुगेर ब्यापारीहरु लैजान्छन् । किसानहरुले बजारको अभावमा छटपटिनुपर्ने अवस्था छैन ।’ उर्थुखोलामा पुल नबन्दा निकै सास्ती भोगिरहेका उनीहरुले अहिले पक्की पुल बनेसंगै घरदैलोमै सवारीसाधन पु¥याइरहेका छन् ।

यस्तै पातारासी गाउँपालिका–५ का रतिमान बुढा गाउँमै दैनिक उभोग्य सामानहरु मालबहाक गाडीमै पु¥याउन सकिने भएकाले पिठ्युको भारी छुटेको बताउँछन् । उनी अहिले ६१ वर्ष पुगे । उनका अनुसार सडक नपुग्दा सदरमुकाम खलंगा देखि गाउँ पुग्न एकदिनको पैदल हिड्नुपर्ने बाध्यता थियो ।

अहिले साना सवारी देखि ठुला मालबहाक ट्रकहरु गाउँमै पुग्ने गरेका छन् । घरदैलोमै सडक पुगेपछि स्याउ, सिमी, आलु, मकै उत्पादनमा किसानहरु हौसिएका छन् । साथै तरकारी खेती गरेर खलंगाका उपभोक्तालाई पु¥याइरहेको अनुभव पातारासी–६ भाङखोला गाउँकी देबु कठायतको अनुभव छ ।

स्याउ, ओखर, सिमी र आलु किसानहरुले सुर्खेत, नेपालगञ्ज, कालिकोट, जाजरकोट लगायतका जिल्लाहरुमा निर्यात भइरहेको छ । ब्यापारीहरु गाउँमै पुगेर रैथाने उत्पादनहरु खरिद गरेर लैजाने गरेका छन् । ’सडक नपुग्नु भन्दा पहिले स्याउ ५ रुपैयाँ किलोमा बेच्न पनि कठिन थियो ।

आलु, फापर, कोदो, सिमीहरु त गाउँमै थन्किरहेको हुन्थ्यो,’ रतिमानले भने, ’अहिले अधिकांश किसानहरुको सुर्खेत नेपालगञ्जका ब्यापारीहरुसंग सिधा सम्पर्क हुने गरेको छ ।’ विश्वको उच्च स्थानमा मार्सी धान उत्पादन हुने क्षेत्र नै पातारासी पर्ने भएकोले आन्तरिक तथा बाहृय पर्यटकहरुलाई ल्याउन लैजान सहज भइरहेको छ ।

मार्सी धानको रिसर्च गर्न आउनेहरु सवारीसाधन लिएर आउजाउ गर्ने गरेको स्थानीयहरु बताउँछन्।अहिले पातारासीको सडक १२ महिना निर्बाध रुपमा चलिरहेको छ । हरेक गाउँमा पुग्ने सहायक सडकहरु समेत बनिसकेकोले सडकको पहुंचमा सबै बस्तीहरु पुगेका छन् । लासी, उर्थु र तल्फीमा स– सानाबजारहरु खुलेका छन् ।

जहाँ सदरमुकाम खलंगामा पाइने सबै बस्तुहरु पुगिरहेको हुन्छ । सरकारी कामकाजका लागि बाहेक सबै बस्तुहरु गाउँमै पुग्ने गरेको छ । अहिले पातारासी सडकमा दैनिक दर्जन बढी सवारीसाधनहरु छुट्ने गरेका छन् ।

जुम्ला विमानस्थलमै काउण्टर खोलेर यातायात सेव सुचारु भइरहेको छ । खलंगा हुँदै राराताल पुग्ने पर्यटकहरु पातारासीको सडकहरु हुँदै जाने भएकोले झनै दुर्गमका सडकहरुको महत्व बढेको हो । त्योसँगै सिमेन्ट, सरिया लगायतका निर्माण समाग्रीहरु गाउँ टोलसम्म पुगेका छन् ।

अधिकांश गाउँमा भवन आचारसंहिता अनुसारका घरहरु निर्माण भइरहेका छन् । गाउँगाउँमा सडक पुगेको शिक्षकहरु, विशेषज्ञ चिकित्सकहरु, मन्त्री, सचिवहरु सहजै रुपमा जाने आउने गरिरहेका छन् । सडककै कारण झण्डै एक मेगावाटको विद्युत आयोजनाको निर्माण सामाग्री सहजै रुपमा लिन सकिएको हो ।

पातारासी गाउँपालिकाको आर्थिक समृद्धिको आधार पनि सडक नै भएको पुर्वअध्यक्ष लछिमान बोहोराले बताए । उनका अनुसार किसानहरुले बगैंचाबाटै ओखर, दाना र विरुवा, स्याउका दाना र बिरुवाहरु हिमाली तथा पहाडी जिल्लाहरुमा पु¥याइरहेका छन् । जिल्लाको सिंजा हुँदै कनकासुन्दरी, त्रिवेणी हुँदै टोप्ला, दानसाककघु हुँदै चोत्रा सम्मको सडकहरु जोडिएपनि सवारीसाधनबाटै एकै दिनमा जिल्ला परिक्रमा गर्न सकिने अवस्था रहेको छ ।

विकास ओसार्दै जुम्ला दुर्गमका सडक

कृषिमा प्रचुर सम्भावना, मेहनतको खाँचो