क्याम्पसलाई हरित गृह वनाउन जुट्यो बनगाड क्याम्पस


सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा रहेको बनगाड क्याम्पस बनगाड सल्यान पर्यावरणिय संरक्षणमा जुटेको छ । क्याम्पस भित्र र वा वाहिर वातावरण संरक्षण साथै प्रर्वद्धनमा जोड दिने उदेश्य मंगलवार सरोकारवाला निकाय माझ छलफल तथा अन्तक्रिर्या कार्यक्रम आयोजना गरेको छ ।

क्याम्पसलाई हरित वातावरण वनाउनका साथ साथै क्याम्पस वरपर आसपासका क्षेत्रमा समेत वातावरणिय संरक्षण र हिरत क्षेत्र वनाउनका निम्ति सबैलाई हातेमालो गर्न आह्वान समेत गरेको छ । पछिल्लो समयमा स्खलित रुपमा ह्रास हुदै जान थालेको वातावरण जोगाउन आ आफ्नो ठाउँबाट जुट्न समेत सरोकारवाला निकायलाई आग्रह समेत गरिएको छ ।

पारिस्थितिक अनुकूल परियोजनाको आर्थिक सहयोगमा केही अगाडि मात्रै उक्त क्याम्पसमा हजार वढि बिरुवा रोपिएको छ । कार्यक्रममा वातावरण मैत्री वनाउनको लागि क्याम्पसको उक्त कदम सकारात्मक रहेको जनाएको छ ।

पछिल्लो समय जलवायु परिवर्तन र यसले पारेको प्रभाव का विषयमा जानकारी गराएको थियोे ।हाल पछिल्लो समय मौसम परिवर्तन,उच्च तापक्रम वढ्नु मुख्य कारण वातावरणिय असर नै भएको जनाएको छ ।

सो कार्यक्रम क्याम्पस सञ्चालन समितिका अध्यक्ष तथा नगर प्रमुख कर्ण वहादुर वुढाथोकि,उप प्रमुख पुरुषोत्तम आचार्य,वडा गणेश विसि,सिम्ता क्याम्पसका क्याम्पस प्रमुख सुर्य चन्द,मावि च्युराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली विक,प्रअ गुमान सिं विष्ट र प्रभाकर माविका प्रधानाध्यापक शिखर कुमार यरिले उक्त कार्यक्रममा धारणा राखेका थिए ।

जलवायु परिवर्तन, यसले पार्ने प्रभाव,असरबारे पारिस्थितिक अनुकूल परियोजनाका सल्या जिल्ला प्रमुख डा.दिगम्बर दाहालले कार्यक्रमलाई सहजिकरण गर्ने काम गरेका थिए । क्याम्पस सञ्चालन समितिका अध्यक्ष तथा नगर प्रमुख कर्ण वहादुर वुढाथोकिको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रध्यापक विरेन्द्र शाहीले गरेका थिए ।

क्याम्पसलाई हरित गृह वनाउन जुट्यो बनगाड क्याम्पस

कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो