मनिष गहतराज अखिल नेपाल टेबल टेनिस सङ्घको उपाध्यक्षमा मनोनित


लामो समयदेखि रोकिएको अखिल नेपाल टेबल टेनिस सङ्घको निर्वाचनमा बृजेन्द्र बहादुर हमालको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ ।

सङ्घको विधानअनुसार केन्द्रिय कार्यसमितिको पहिलो बैठकले मनिष गहतराजलाई सङ्घको उपाध्यक्ष पदमा मनोनित गरेको हो । गहतराजले आफ्नो नियुक्तिलाई टेबल टेनिस खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने अवसरको रूपमा लिएका छन् ।

उनले भने, ‘म टेबल टेनिस खेलको उन्नति र यसमा नयाँ प्रतिभा उत्पादन गर्ने दिशामा सबैलाई एकताबद्ध गर्न प्रयास गर्नेछु ।’ साथै, उनले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलमा मुख्य जिम्मेवारी निभाउने तथा कर्णालीका दशवटा जिल्लामा टेबल टेनिसको प्रचारप्रसार र यो खेललाई मुख्य खेलको बनाउने उद्देश्य राखेको बताए । उनले भने म आफु पनि टेबल टेनिस राष्ट्रिय खेलाडी हो यो खेल र खेलाडीलाई कसरी अगाडी बढाउने योजना बनाएर आगाडी बढ्छु र सुर्खेतमा मुख्य टेबल टेनिस रङ्गशालाको स्थापना र अन्य जिल्लामा खेलकुद गतिविधिहरूको विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचनका लागि गठित ३ सदस्यीय चुनावी समितिमा राष्ट्रिय खेलकुद परिषद्बबाट खेलकुद विकास विभाग प्रमुख सरोजकुमार पोखरेल, सङ्घसंस्था शाखा प्रमुख चन्द्रकुमार राई, र कानून शाखा प्रमुख नारायणराज अर्याल रहेका थिए । यो निर्वाचनले सङ्घको नेतृत्वमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।
यस्तै, महासचिवमा कुबेरप्रकाश सिंह, सचिवमा प्रज्वलकान्त मैनाली र कोषाध्यक्षमा ज्याकी महर्जन निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत सरोज पोखरेलले बताए । निर्विरोध निर्वाचित अन्य सदस्यहरूमा शिवसुन्दर गोथे, नरबहादुर क्षेत्री, रिषिराज लहरे, नवीनबहादुर सिंह, र सन्तोषकुमार पौडेल रहेका छन् ।

मनिष गहतराज अखिल नेपाल टेबल टेनिस सङ्घको उपाध्यक्षमा मनोनित

YUGAAWHAN NATIONAL DAILY (2081-05-11)

मनिष गहतराज अखिल नेपाल टेबल टेनिस सङ्घको उपाध्यक्षमा मनोनित

नलगाड नगरपालिका कर्णालीमा संस्थागत क्षमतामा पहिलो स्थानमा