पाठेघरको समस्याले थलिँदैः सिंजाका महिला

सिंजा–३, नराकोट गाउँकि ३५ वर्षीय देवीकन्या चौलागाई डाक्टरसँग जँचाउन पाउँदा खुसी भइन् । उनी डाक्टरलाई देखाएर आफ्ना रोगका बारेमा गुनासो राख्न पाएकामा उनी दंग थिइन् । पाठेघर समस्याबाट पीडित थिएँ ।

उनले भनिन,“स्वास्थ्य भन्दा काममा ध्यान दिएर,सानैमा विवाह गरेर,बेलैमा आफ्ना समस्या भन्न नसकेर पाठेघर खस्ने हुँदो रहिछ । स्वास्थ्य जाँचसँगै त्यो ज्ञान पनि पाए । गाउँमै सुविधा पाउँदा उत्साहित छु ।” ‘हाम्रा गाउँघरमा पनि यसरी डाक्टर आउने रहेछन्, ‘सबै कुरा भन्न पाएँ । त्यसैमा खुसी छु ।’ देविकन्या मात्र होइन, सिंजा–५, फुङग्र गाउँकि ३३ वर्षीया उनकली रोकाया पनि निकै खुसी थिइन् ।

घर आँगनमै डाक्टरको सेवा पाएकाले उनका आँखामा हर्षका आँसु बगे ।,’ उनले भनिन्, ‘पहिलोपटक डाक्टरसँग गाउँघरमै जँचाउन पाइयो । तल्लो पेट दुख्ने,सेतो पानी बग्ने समस्याबाट ग्रसित उनि। यस्तै उक्त गाउँपालिका –६ जोडु गाउँकि ३१ वर्षकी निर्मला रावतले भनिन्, ‘घरनजिकै आफैंलाई चाहिएको सेवा आएपछि मजस्तै धेरैले सेवा लियौं ।’ महिलाका लागि ठूलो राहत पुगेको बताइन् ।,’ उनले भनिन्, ‘हाम्रा लागि त पाठेघर र स्तन क्यान्सर ठूलो सेवा भयो ।’ उनले घर नजिकै यस्तो सेवा पाइएकामा खुसी व्यक्त गरिन्न् ।

कम उमेरमै विवाह गर्नु, गह्रुँगो भारी बोक्नु, स्वास्थ्य परीक्षण नगर्नुले पनि लामो समयदेखि सिंजाका महिला पाठेघर सम्बन्धी समस्याबाट पीडित छन् । नजिकै स्वास्थ्य संस्था नहुनाले नियमित जाँच गर्न नसक्ने अवस्था रहेको स्थानीयहरू बताउँछन् ।

लामो समयदेखि पाठेघरको समस्या लुकाएर बसेकी सिंजा–५ की ४६ वर्षीया सुवा रावलले अहिलेसम्म अस्पताल पुग्न नसकेको गुनासो पोखिन् । उनका अनुसार यौनीबाट सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने अनि बस्न र हिँडडुल गर्न कठिन हुने समस्याले यहाँका अधिकांश महिलाहरू ग्रसित छन् ।

पाठेघर खस्ने समस्या रोकथाम तथा व्यवस्थापनको साथै सेतो पानी बग्ने, महिलाको प्रजनन स्वास्थ्य लगायत समस्या समाधानका लागि विशेषज्ञ चिकित्सकले परामर्श दिएका थिए । स्वास्थ्यजस्तो संवेदनशील कुरालाई हरेक वर्ष गाउँ पुर्याउनुपर्ने महिलाले माग गरे ।’ जुम्लाको सिंजा गाउँपालिकाले आयोजना गरेको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि दुई दिने निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा २ सय ५० जना महिलाले सेवा लिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयले जुम्लाको समन्वय तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाको आर्थिक सहयोगमा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि दुई दिने निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा गरिएको थियो ।

१ सय ४० जना पाठेघर क्यान्सरको चेकजाँच, ५ जनालाई पाठेघर खस्न नदिन रिङ प्रेसर राखिएको छ।भने ३ जना पाठेघर अप्रेसन गर्नु पर्ने, ५ जना क्यान्सरको ‘पोजिटिभ’ संका लागेको र ३ जना महिलाको पाठेघरको संक्रमण देखिएको सिंजा गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखा प्रमुखको ललित रोकायाले बताए ।

निःशुल्क शिविरले महिलालाइ राहत मिलेको दाबी गरे । शिविरमा उपचार गर्न आउनेलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । सिंजा गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धितालका अनुसार दुर्गमका महिलाले आगनमै स्वास्थ्य परिक्षण गर्न पाएको बताए । सदरमुकामको प्रतिष्ठान जानआउन खर्चले खानपिनमा लगानी गर्ने अनुरोध गरे।उनले भने,महिलाहरुमा पाठेघरको मुखको क्यान्सर पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्य हो ।

जनस्वास्थ्य कार्यालय जुम्लाका सुरक्षित मातृत्व कार्यक्रम संयोजक मोर्चा शाहीले महिलाहरुले आफ्नो पाठेघरको अवस्थाका बारेमा बेला बेलामा जान्न जरुरी रहेको बताइन् । उनी भन्छिन्, “उपचारमा आए पनि धेरै महिलाले आफ्नो समस्या खुलेर भन्न लाज मान्छन् । एकदमै धेरै खोतल्दै गयो भने बल्ल लजाइलजाइ समस्या भन्छन् । तर जँचाउन चाहिँ मान्दैनन् ।”

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्रले महतले पाठेघरको समस्या भएका महिलाको लागि गाउँमै शिविर चलेकोमा राहत मिलेको बताए ।

‘हाम्रो लक्ष्य जतिसक्दो ग्रामीण भेगका महिलाले उपचार पाउन् भन्ने हो’ । पेस नेपालका कोषाध्यक्ष धनराज शाही भन्छन् जुम्लाको भौगोलिक रुपमा निकै कठिन क्षेत्र हो । रोग लुकाएर बस्नु महिलाको रहर नभइ बाध्यता हो ।

पाठेघरको समस्याले थलिँदैः सिंजाका महिला

YUGAAWHAN NATIONAL DAILY (2080-11-10)