जुम्लामा सवारीमा दुई वर्ष पहिलेकै भाडादर कायमै

जुम्लामा दुई वर्ष पहिले कायम भएको सवारी भाडादरलाई तिरन्तरता दिईएको छ । २०७८ असार २९ गते तोकिएको भाडादरलाई पुन निरन्तरता दिईएको हो । जुम्लामा चल्ने लामो तथा छोटो दुरीका सवारीसाधनको पहिलेकै भाडादर निर्धारण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षमा आईतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पुरानै भाडादरलाई कायम गरेको छ । जेष्ठ नागरिक ,अपाङ्गता भएका व्यक्ति,महिला आरक्षण सिट र छुटको व्यवस्था प्रभावकारी रुपमा कार्यन्वयन गर्ने निर्णय गरेको हो ।

आर्थिक मन्दि, यातायात व्यवसायीले भोगेको समस्या र वर्तमान अवस्थालाई मध्यनजर गर्दै दुई वर्ष पहिलेकै भाडालाई कायम गरिएको हो । जुम्ला देखि कालिकोटको मान्मा सम्मको ८२ किलोमिटर लागि बस ४ सय ४०, मिनि बस÷हाईस ५ सय ४० र जिपको भाडा ६ सय ३५ कायम गरिएको छ ।

यस्तै नाग्म देखि कोलिकोटसम्म बस २ सय ७०, मिनि बस÷हाईस ३ सय ३० र जिपको भाडा ३ सय ८८ तोकिएको छ । यसैगरी, मान्मा देखि सुर्खेतसम्म बस ८ सय ४०, मिनि बस÷हाईस १ हजार ३० र जिपको भाडा १ हजार २ सय ९ रुपैयाँ कायम गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।

उनका अनुसार, जुम्ला देखि सुर्खेतसम्म बस १ सय २ सय ८३, मिनि बस÷हाईस १ हजार ५ सय ७० र जिपको भाडा १ हजार ८ सय ४५ कायम भएको गरिएको छ । यस्तै जुम्ला देखि नेपालगंज सम्म बस १ हजार ६ सय ३३, मिनि बस÷हाईस १ हजार ९ सय ८० र जिपको भाडा २ हजार ३ सय ४५ कायम छ ।

यस्तै छोटोदुरी अन्तर्गत बजार देखि उम्गाड सम्म बस २७ र जिप÷भ्यान ४०, बजार लाम्रा बस ४४ र जिप÷भ्यान ६४, बजार देखि तातोपानी सम्म बस ६५, जिप÷भ्यान ९६, बजार देखि कुडरीसम्म बस १ सय ८ र जिप÷भ्यान १ सय ६० रुपैयाँ, बजार देखि रारालिहिसम्म बस १ सय ३५ र जिप÷भ्यान २ सय रुपैयाँ भाडादर कायम गरिएको छ ।

विभिन्न स्थानमा संचालन हुने सार्वजनिक सवारीले लिने भाडा दर यस अघि निर्धारण भए बमोजिम मात्र लिन र बढी भाडा नलिने सहमति यातायात व्यवसायी र सरोकारवाला बिच भएको छ । यता जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले भाडादरमा एक रुपता हुनु पर्ने बताए।धेरै यात्रु ठगिएको जनगुनासो आएको छ ।

जुम्लाका नागरिकलाई यातायात व्यवसायीले दिएको सेवालाई अझ विस्तार प्रभावकारी बनाउन अनुरोध गरे ।

जुम्लामा सवारीमा दुई वर्ष पहिलेकै भाडादर कायमै

२८ लाखमा वडाले खरिद ग¥यो : एम्बुलेन्स

जुम्लामा सवारीमा दुई वर्ष पहिलेकै भाडादर कायमै

सम्बन्धविच्छेदका घटनामा कमी आएन