जुम्लाको गुठिचौरमा विपश्यना केन्द्र सञ्चालन

जुम्लाको गुठिचौर गाउँपालिकामा मेडिटेशन सेन्टर (विपश्यना केन्द्र) स्थापना गरिएको छ । गुठिचौर गाउँपालिका–३ स्थित निधारामा विपश्यना केन्द्र स्थापना गरिएको छ । स्थानीय प्रेमरज गिरी, डाक्टर निलम खड्का सहितको टिमले विपश्यना केन्द्र स्थापना गरेको हो ।
केन्द्रमा १० मिनेट आनापान ध्यान अहिले भईरहेको गिरीले बताए । उनले १० दिन सम्मको पनि कोर्ष पनि भएकाले यसको निरन्तरताको आवश्यकता रहेको बताए । जुम्लाको सदरमुकाम खलंगाबाट गाडिमा आधा घण्टा टाढा उक्त क्षेत्रको छेउमा तिला नदि, माथि जंगल, वरिपरि स्याउका विरुवा सो केन्द्रमा रहेका छन् ।
सञ्चालक गिरीले मानव जीवनलाई शान्त बनाउनका लागि यो केन्द्र स्थापना गरिएको बताए ।
आफुले विभिन्न स्थानमा यो कोर्ष लिएको बताउदै मानिसलाई असल वनाउने, शान्त बनाउने उद्देश्यले यो केन्द्रको आवश्यकता छ । आफु स्वास्थ्यकर्मी भएकोले यो पनि मानव स्वास्थ्यका लागि निकै महत्वपूर्ण भएकाले ईच्छुक महानुभावहरुले यस केन्द्रमा १० दिने कोर्ष लिन सकिने बताउँछन् ।
केन्द्रमा महिला र पुरुषका लागि भिन्न भिन्नै अस्थायी आवास टेन्टको व्यवस्था गरिएको छ । विपश्यना केन्द्रमा आनापान गर्न पुगेका जिल्ला सरकारी वकिल कार्यालय जुम्लाका सहायक न्यायाधिवक्ता रेनुका राईले मानव जीवनका लागि यो अध्ययन आवश्क रहेको बताइन् । हरेक व्यक्तिले आनापान सँगै यो कोर्ष लिन आवश्यक देखिन्छ ।
सञ्चालक गिरीका अनुसार विपश्यना शिविरमा जीव हत्या नगर्ने, चोरी नगर्ने, ब्रहमचार्य पालना गर्ने, झुठो नवोल्ने, नशालु पदार्थ सेवन नगर्ने यसका साथै खाने, उठ्ने अन्य दैनिक क्रियाकलाप पनि शिविरमा सिकाई हुनेछ । मानिसहरु अहिले हिंसात्मक गतिविधिमा बढि लाग्ने, तनाव लिने तथा सामाजिक विकृतिमा बढ्वा भईरहेको समयमा यस प्रकारको कोर्षले शान्त र शरिर स्वस्थ्य बनाउने बताईएको छ । यस कोर्षमा आवश्यकता अनुसार योगा समेत गरिदै आएको छ ।





