पिमखोलामा निशुल्क पशु स्वास्थ्य शिविर, १०४ किसानले लाभ प्राप्त गरे

सल्यानको पिमखोलामा १०४ घरधुरी किसानले पशु स्वास्थ्य सेवा प्राप्त गरेका छन् । त्रिवेणि गाउँपालिकाको पशु सेवा शाखाले शुक्रबार आयोजना गरेको निशुल्क शिविरबाट वडा नम्बर २ का दुई हजार ५५५ पशुचौपायाको उपचार, औषधि वितरण संगै खोप सेवा प्रदान गरिएको हो ।

शिविरबाट एक हजार १० बाख्रा, एक हजार २६९ कुखुरा, १२५ गाइगोरु, ५८ भैंसीको चेकजाँच, उपचार र औषधि बितरण गरिएको पशु सेवा शाखाका प्रमुख बसन्त रावतले जानकारी दिए । उनका अनुसार शिविरमा २३ कुकुरलाइ रेविज विरुद्धको खोप पनि दिइएको थियो ।

सो अवसरमा बोल्दै वडा नम्बर २ का वडा अध्यक्ष कर्णदेव डांगीले गाउँ गाउँमा पशु स्वास्थ्य सेवा संगै पशु पालन व्यवसायलाई व्यवस्थित रुपले अघि बढाउन टेवा पुग्ने बताए । यसपछी वडा नम्बर ६ को भमकेज्युलामा यहि फागुन ९ गते पशु स्वास्थ्य शिविर तय गरिएको गाउँपालिकाले जनाएको छ ।

पिमखोलामा निशुल्क पशु स्वास्थ्य शिविर, १०४ किसानले लाभ प्राप्त गरे

शनिवारदेखि कर्णाली उत्सवको पाँचौं संस्करण शुरु

पिमखोलामा निशुल्क पशु स्वास्थ्य शिविर, १०४ किसानले लाभ प्राप्त गरे

‘विश्वविद्यालयमा राजनीति बढी हावी छ’