सम्पादकीय: कर्णाली गौरवका आयोजनाको गति

कर्णालीमा थुप्रै गौरवका आयोजना धमाधम निर्माण भैरहेका छन् । जसले कर्णालीको विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । संघ तथ प्रदेश सरकारबाट बजेट व्यवस्थापन भएर कार्यान्वयन भैरहेका पाँच ठुला गेमचेन्जर परियोजना निर्माणका काम भैरहेका छन् । त्यसमध्येका भेरी–बबई डाईभर्सन, मदन भण्डारी राजमार्ग, प्रादेशिक रंगशाला लगायतका आयोजनाले कर्णाली प्रदेश र सिंगो देशलाई नै टेवा पुग्छ । गौरवका आयोजना मध्येका केही आयोजनाको काम लगभग अन्तिम चरणमा छन् भने कोही भर्खर सुरु भएका छन् । कोही सुरु हँुदै छन, यि सबै आयोजनाहरु समयमै सम्पन्न गरेर प्रदेशको, देशको समग्र विकासमा थप ईट्टा थप्ने काम गर्नुपर्छ ।

यि आयोजनाहरु सम्पन्न भएमा देशकै ठूलो राजमार्ग मदन भण्डारी राजमार्गले पूर्व पश्चिम जोड्ने काम गर्ने छ । स्थानीय स्तरमा उत्पादन भएका चिजहरुलाई बजारको लागी सो राजमार्गले ठूलो सहयोग हुने छ । जसका कारण थुप्रै स्थानीय युवाहरुले आफ्नै ठाँउमा रोजगारी पाउनेछन । त्यसैगरी कोहलपुर–सुर्खेत १३३ केभीए प्रशारण लाईन जब निर्माण सम्पन्न हुन्छ तव कर्णालीमा पनि ठुला उद्योग कलकारखाना खोल्न ठुला लगानीकर्ताले आँट गर्नेछन् । जहाँ मदन भण्डारी राजमार्गले सडकमार्गको काम सहज पार्नेछ । देशकै गौरवको आयोजना भेरी–बबई डाईभर्सनले हजारौं रेक्टर स्केल जमिनमा सिंचाईको काम गर्नेछ । जहाँबाट कर्णालीमा आवश्यक विद्युत उत्पादन हुनेछ र कर्णालीको अन्धकारलाई बिजुली बत्तिले झिलिमिली हुनेछ ।

त्यसैगरी सम्पूर्ण कर्णालीबासीको जिन्दगि पनि झिलिमिली हुने छ । तर सरकारको जुन तरिकाको सहयोग र खवरदारी हुनुपर्ने हो त्यो अपेक्षाकृत नभएको निर्माण जिम्मा पाएकाको गुनासो रहेको छ । जुन कार्यले देशकै गौरव बढाउने काम गर्छ त्यो कार्यमा सरकारको पनि सकारात्मक सहयोग हुनुपर्छ । किनकी जब सरकारकै तर्फबाट नकारात्मक सहयोगका क्रियाकलाप हुन्छ तब उसले आफ्नो व्यापार मात्र पनि हेर्दैन । उसलाई अभिभावक विहिन महसुस हुन्छ र उ त्यसै पनि निरास हुन्छ । तर कसले हेर्ने ? कसले बुझ्ने यस्ता कुरा ? के नियमन र सहयोगी निकायको भूमिका हुनुपर्ने जत्तिकै सहयोगपूर्ण र समन्वयात्मक रहेको छ त ? दैलेखको पेट्रोलियम पदार्थको उत्खननको लागि आएका मेसिनहरु कयौ दिन भन्सारमा थन्किए आएका मेसिनहरु पनि सडक गतिलो नहँुदा कोही बाटैमा दुर्घटनामा परे भने कुनै जेनतेन सम्बन्धित ठाउँसम्म पुगे ।

यसमा सरकारको पुरै नकारात्मक सहयोग बुझ्न जो कोहीले पनि सहजै सक्छ । जहाँ सरकारको सहयोग आवश्यक हुन्छ त्यहाँ आफ्ना स्वार्थ तेर्साएर सहयोगको सट्टा असहयोग गरेको देख्दा त त्यति धेरै आशा पनि राख्नुहुन्न सरकारसंग भन्ने लाग्छ । यसरी मदन भण्डारी राजमार्ग, कोहलपुर–सुर्खेत १३३ केभिए प्रशारण लाईन, राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाईभर्सन, दैलेखको पेट्रोलियम पदार्थको उत्खनन, सिमेन्ट र चुनढुङ्गाको उत्खनन लगायतका गौरवका आयोजना निर्माण सम्पन्न गर्नलाई व्यक्तिगत, सामाजिक, स्थानीय तह, प्रदेश र संघको तर्फबाट आ–आफ्नो ठाँउवाट सकारात्मक सहयोग गर्नु आवश्यक छ ।

सम्पादकीय: कर्णाली गौरवका आयोजनाको गति

करेन्ट लागेर बाख्रा चराउन गएकी बालिकाको मृत्यु

सम्पादकीय: कर्णाली गौरवका आयोजनाको गति

लापरवाहीले विरामी मारेको आरोप लाग्दा सँधै मौन