स्वास्थ्य बिमा दर्ता सहयोगीले बुझाए प्रशासनलाई ज्ञापनपत्र


जुम्लामा न्यूनतम तलब सुविधासहित विभिन्न माग राख्दै स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । ३९ जना स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले हस्ताक्षरित ज्ञापनपत्र बुझाएका हुन् ।
स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले न्यूनतम पारिश्रमिक तोक्न, प्रोत्साहन रकमबाट साविककै एक (१) प्रतिशत सामाजिक सुरक्षा कर कट्टी गर्नुपर्ने, पारिश्रमिक प्रोत्साहन १५ प्रतिशत बनाउनुपर्ने,विमा गर्न आवश्यक स्टेशनरी सामग्री वा खर्च उपलब्ध गराउनुपर्ने, दर्ता सहयोगीहरुको विमा निशुल्क गराउनुपर्ने, फोटो र नगदी रसिद पठाउनका लागि मोबाइल तथा ट्याप दिनु पर्ने, दर्ता सहयोगीहरुको पहिचान झल्किने गरी पोशाक उपलब्ध गराउनुपर्ने र अनलाई नविकरण प्रोत्साहन रकम प्राप्त हुनुपर्ने छन् । २०७९ सालदेखिको कमिसनमा उल्टै जरिबाना गरेर बेरुजु देखाएको, महालेखाका कारण स्वास्थ्य बिमा दर्ता सहयोगीहरूमा निराशा पैदा भएको भन्दै आन्दोलनमा उत्रिन बाध्य भएको स्वास्थ्य बिमा दर्ता सहयोगी कोसीलोकेन्द्र महतले बताए ।
यता जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सरकारलाई माग सम्बोधन गर्नका लागि पहल गर्ने बताए । मागलाई सम्बोधन पहल गर्ने आश्वासन दिएको उनिहरुले बताए । तर,उनीहरुले आफ्नो आन्दोलन निरन्तर रहने बताएका छन् । मागहरू पूरा नभएसम्म आन्दोलन नरोकी र आन्दोलनलाई अझ सशक्त बनाएर लैजाने बिमा दर्ता सहयोगी कालिका बुढ्थापाले बताइन् ।






