गुठिचौरमा वहुक्षेत्रिय पोषण कार्यक्रम उपलब्धिमुलक बन्दै


जुम्लाको गुठिचौर गाउपालिका वहुक्षेत्रिय पोषण कार्यक्रमले वडामा उपलब्धीमुलक काम गरेको छ । वडा –५ मा पोषणमैत्रि वडा वनाउने अभियान अन्तर्गत गुठिचौर गाउँपालिकामा पोषणमैत्रि जनचेतनामुलक देउडा तथा नाटक प्रस्तुत भइरहेका छन् ।
गुठिचौर गाँउपकिलकाको वडालाई पोषणमैत्रि वडा वनाउने अभियान अन्तर्गत पोषणमैत्रि जनचेतनामुलक देउडा तथा नाटक हुदै आइरहेका छन् । ‘सवैका लागी पोषण, सधैकालागी पोषण’ भन्ने मुल नारा सहित गुठिचौर गाउँपाालिकाको साविकको देपालगाँउ गाविस भित्र विभिन्न पोषणमैत्रि जनचेतनामुलक विषयक कार्यक्रम भइरहेको वहुक्षेत्रिय पोषण कार्यक्रमका सहजकर्ता जगि धितालले बताए ।

देउडा गित प्रतियोगिता तथा नाटक प्रर्दशन जस्ता कार्यक्रम हुन्छन् । त्यस्तै, गुठिचौर गाँउपालिका उपाध्यक्ष शान्ति कुमारि मल्ल(भण्डारी)ले यो आर्थिक वर्षमा वडालाई पोषणमैत्रि वडा घोषणा गर्नका लागी जिम्मेवार शाखाले कामलाई तिव्र गतिमा निरन्तरता दिन निर्देशन दिइन् ।

कर्णाली प्रदेशको पहिलो पोषणमैत्रि वडा घोषणाका लागी तयारि थालिएको छ । समाजका हरेको मस्तिष्र्क विकासका लागी पोषणयुक्त खानेकुरा आवश्यकता जरुरी उनका अनुसार, देउडा कार्यक्रम र नाटक प्रर्दशनले समाजमा नयाँ सन्देश प्रवाह गरिएको छ ।

त्यस्तै, स्वच्छ खानेपानीको ब्यवस्थापनमा सहयोग साथै स्वास्थ्य संस्थाहरुमा आवश्यक उपकरणहरु सहयोग कार्यक्रम सञ्चालन गरिदै आएको र अवको योजना कार्यक्षेत्र अन्तरर्गतका वडामा पोषणमैत्री वडा घोषणा गर्ने लक्ष रहेको –५ का वडा अध्यक्ष कमल वहादुर महतले बताए ।

वडालाई पोषणमैत्रि वडा घोषणा गर्न जनप्रतिनिधि, कर्मचारी आम जनताले सहयोग आवश्यक छ । जनचेतनामुलक कार्यक्रमले साधारण मानिसले पोषणको वारेमा प्रष्ट वुझेको गुठिचौर गाँउपालिका–३ का वडा अध्यक्ष इन्द्र वुढा दाबी गर्छन् । जनप्रनिधि र कर्मचारिले मात्रै काम गरेर पोषणमैत्रि वडा वनाउनु सबैले आफनो ठाँउबाट सहयोग गर्न उनको अग्रह छ ।

जुम्लामा उत्पादित रैथाले वालिको संरक्षण तथा प्रवद्र्धन गरि आयातित खाद्य वस्तुलाई निरुसाहित गर्नसके पोषणमैत्रि वडा घोषणमा सहज हुने उनको धारणा छ । गाँउपालिका वहुक्षेत्रिय पोषण कार्यक्रमद्धारा चालू आर्थिक वर्ष ०८०÷०८१मा ८ वटा भन्दा धेरै कार्यक्रम भएका छन् ।

आगामी आर्थिक वर्षमा गुठिचौर गाँउपालिका–३ र ५ मध्य एउटा वडालाई पोषणमैत्रि वडा वनाउने लक्ष्यका साथ काम भईरहेको पोषण सहजकर्ता जगि प्रसाद धिताल बताउँछन् । पोषणमैत्रि वडा घोषणाका लागि यो आर्थिक वर्षमा पालिका स्तरिय बैठक संचालन ३ विपन्न सुनौला हजार दिनका ३८ जना आमालाइ बेमौसमी तरकारि खेतिको लागि पलाष्टिक टनेल, षाडेन पाइप, सुनौलो हजार दिनका आमालाई स्प्रिकलर र विभिन्न तरकारि बिउ वितरण, पोषणमैत्रि वडा तयारिको लागि टोल समिति गठन,पोषण प्रोफाइलको लागि तथ्याङ्क संकलन काम गरिएको छ ।

पोषणमैत्रि अभियानका लागि क्षमता विकास तालिम, किशोर किशोरी, सुनौला हजार दिनका आमा, महिला स्वंयम सेविका, स्वास्थ्यकर्मीहरुलाइ पोषण सम्बन्धि क्षमता विकास तालिम, २ सय जना सुनौला हजार दिनका पालिकाको–३ र ५ का विपन्न आमालाइ आयआर्जन तथा पोषणको लागि मासु अण्डामा पहुच पुर्याउने उदेश्यले कुखुरा चल्ला वितरण भइरहेको छ ।

त्यस्तै, विद्यालयमा बालबालिकाहरुलाइ दिवा खाजा तथा सफा खानेपानिका लागि तथा खानेपानिको लागि फिलट्र बितरण दिवा खाजा खानको लागि पिलेट र चम्चा सहयोग, पोषण कर्नर पालिका तथा वडा र बिद्यालयमा राख्ने तयारि सुनौला हजार दिनका आमालाइ कृषि सामाग्रि तथा सिजनल बिउ बितरण गर्ने तयारि लगायतका काम हुदै छन् ।

पालिकाका शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिका, खानेपानी तथा सरसफाई, शुसासन, स्वास्थ्य चौकी, बहुक्षेत्रीय पोषण, खाद्य सुरक्षा समिति श्रोत लगाएत शाखाले तिव्ररुपमा काम गरेमा छिटो पोषणमैत्रि वडा घोषण गर्न सकिने छ् । कुपोषणको समस्या सुधार्न एक दिनको मात्र पहल र प्रयास पर्याप्त नहुन सक्छ ।

गुठिचौरमा वहुक्षेत्रिय पोषण कार्यक्रम उपलब्धिमुलक बन्दै

विपदको समयमा व्यवसाय तथा सेवा निरन्तरताका लागि