डोल्पामा जुम्लाका वेपत्ता युवाको हेलिकप्टरबाट उद्दार गरिँदै

जुम्ला दुई सांसदहरुको निजी सहयोग र समुदाय सहयोगले हेलिकप्टर रिजर्भ गरि डोल्पामा यार्सा टिप्न गएर बेपत्ता युवाहरुको उद्दार गरिदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले एक लाख २५ हजार र कर्णाली प्रदेशका सांसद देवेन्द्र बहादुर शाहीले २० हजार र स्थानीय समुदायको सात लाख सहयोगमा हेलिकप्टर रिजर्भ गरि उनीहरको उद्दार गरिने भएको हो ।

अन्नपूर्ण प्रालिको हेलिकप्टर निजी तवरबाट पहल गरि बेपत्ता युवाको उद्दार गर्न लागिएको सांसद कठायतले जानकारी दिइन् ।

उनले भनिन्, ‘जुम्लाको पातारासी गाउँपालिका –३ का चार जना युवाहरु डोल्पाको साल्दाङ फोतगाउँ पासु क्याम्प क्षेत्रमा अलपत्र परेको खबर छ ।’ अलपत्र पर्नेमा पातारासी –३ मोहरीगाउँका ओमप्रकाश बुढा र जय बुढा, चौर गाउँका हिरालाल रावत र चन्नलाल रावत रहेका कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र शाहीले बताए ।

उनका अनुसार बिरामी परेका ओमप्रकाशको तल्लो शरीर नचल्ने भएको छ । सरकारी तवरबाट हेलिकोप्टरको व्यवस्थाको लागि पत्र पठाए पनि समयमै कुनै चासो नदेखिएकोले निजी तवरबाट हेलिकप्टर रिजर्भको प्रयत्न गरिएको हो ।
‘यार्सागुम्बाको सिजनमा हरेक वर्ष कोही न कोही मान्छे वेपत्ता पर्ने र जनधनको क्षति हुँदै आएको छ,’ उनले भने, ‘अबका दिनमा यार्चागुम्बु टिप्न जाने सबैको बिमा गरि क्षति न्युनिकरणको कोसिस गरिनेछ ।’

डोल्पामा जुम्लाका वेपत्ता युवाको हेलिकप्टरबाट उद्दार गरिँदै

लागु औषध (चरेश) मुद्दाका फरार प्रतिवादी पक्राउ

डोल्पामा जुम्लाका वेपत्ता युवाको हेलिकप्टरबाट उद्दार गरिँदै

श्रीमतिको हत्या पछि श्रीमानले गरे आत्मा हत्या