डिभी निकेतनको स्कुल बस खोलाले बगायो, ११ जना विद्यार्थी घाइते
वीरेन्द्रनगरको इत्राम खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरको देउती विद्या सदन (डिभी निकेतन) को विद्यार्थी बोकेको बस इत्राम खोलाले बगाउँदा ११ जना विद्यार्थी घाइते भएका हुन् ।
घाइते मध्ये पाँच बालिका र ६ बालक रहेका छन् । ती मध्ये पाँच कक्षामा अध्ययनरत रेनिषा भुसेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । बाँकीको देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।