कर्णाली कै चिनारी कर्णालीका खेलाडिले लगाउने पोसाकमा


कर्णाली प्रदेश खेलकुद परिषद्ले कर्णालीका खेलाडिले लगााउने पोसाक बनाएको छ । कर्णालीको पहिचान चिनाउनका लागि कर्णालीकै चिनारीमा पोसाक बनाएको हो । अहिले सम्म भने कर्णालीका खेलाडिका लागि छुट्टै पोसाक नभएको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए । कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी सबैको आ–आफ्नो पोसाक भएकाले कर्णालीका खेलाडिको लागि पनि पोसाक बनाएको संज्यालले बताए ।
खेलकुद परिषद्ले कर्णालीका खेलाडिको लागि पोसाक बनाउने निर्णय पहिले नै गरेको जानकारी दिए । पोसाकमा दुरुपयोग भएको पनि थाहा हुने भएकाले आचारसंहिता नै लागू गरेर खेलाडिलाई दिने निर्णय गरिएको उनले बताए ।
कसैले लगेर अरुलाई दिने भएपछि पोसाकको महत्व पनि नहुने र यसको महत्वको लागि पनि परिषद्ले पोसाक कोड नै बनाएको संज्यालले जानकारी दिए । १० औं राष्ट्रिय खेलकुदका लागि मार्च पास डे«स र गेम डे«स बनाएको उनले बताए । गेम डे«स भने रातो र निलो गरी दुई रङ्मा, मार्च पास भने एउटा रङ्मा रहेको उनले बताए । महिला, पुरुषले नै लगाउन मिल्ने डे«स बनाएको बताए । साथै कर्णालीमा उत्पादन भएको कपडाको टोपि, सुट, विभिन्न राष्ट्रियता झल्कने, कर्णाली झल्कने विषयबस्तु, नेपालको झण्डा, खेलकुद परिषदुको लोगो मार्च पास डे«समा रहेको र गेम डे«समा भने कर्णाली नदि,कर्णालीमा पाईने यार्सा, कर्णालीका हिमाल, पञ्चदेवल, रारा, काक्रेविहार मन्दिर, याकलाई पोसाकको रुपमा झल्काइएको बताए ।
रातो रङ्मा नेपालको झण्डा र निलो रङ्मा रारा, कर्णाली वोर्डर सँग मिल्ने भएकबाले यि दुई रङ्मा बनाएको उनले बताए । मार्च पास डे«स उत्पादन सँग जोडिएको उनले बताए । यो पोसाक सातै प्रदेशमा दर्ता गर्ने र कर्णालीबाट बाहिर खेल्न जादाँ पोसाकमा जाने उनले बताए ।







