३ दिने पुनर्ताजगी तालिम


उच्च अदालत सुर्खेतमा कार्यरत कर्मचारीहरुका लागि सेवाग्राहीसँग गरिने व्यवहार तथा सूचना प्रविधिसंग सम्मान्धित ३ दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।

कर्मचारीहरुका लागि वार्षिक कार्ययोजनामा तोकिएका डि.सि.एम (फरक मुद्दा व्यवस्थापन), टिपोट लेखन, फैसला लेखन, देवानी तथा फौजदारी संहिता, सेवाग्राही सँग गरिने व्यवहार समेतका विषयसँग सम्बन्धित ३ दिने पुनर्ताजगी तालिम भएको हो । यहि वैशाख १८ गते देखि शुरु भई यहि वैशाख २० गते समापन गरिएको थियो ।

उक्त तालिम उच्च अदालत सुर्खेतका वरिष्ठ न्यायाधीश कृष्णलाल भट्टराईको अध्यक्षतामा शुरु भइ सम्पन्न भएको थियो । तालिममा अन्य न्यायाधीशहरुले सहजिकरण समेत गरेका थिए ।

उक्त तालिममा उच्च अदालत सुर्खेतका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको र तालिमले कर्मचारीको क्षमता अभिवृद्धि गरी आगामी दिनमा न्याय सम्पादनको कार्यमा छिटो, छरितो, गुणस्तरिय एवं प्रभावकारी हुने अपेक्षा गरिएको उच्च अदालत सुर्खेतले जनाएको छ ।

३ दिने पुनर्ताजगी तालिम

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

३ दिने पुनर्ताजगी तालिम

सल्यानका ६ वडामा सामाजिक र आर्थिक न्यायका