बाख्रा चराउन गएका बालक दुई हप्तादेखि वेपता

सल्यानको कुपिण्डे नगरपालिका वडा नं ५ चिउरा निवासी कमल विश्वकर्माको छोरा वर्ष १३ का अर्जुन विक हराएको बिहिवार दुई हप्ता पुग्यो । घर देखि पुर्वतिरको जंगलमा उनी बाख्रा चराउन गएको बखत वेलुकि घर नफर्केको परिवारको भनाइ रहेको छ ।

सुस्तमनस्थितिका ती वालक जंगल देखि बाख्रा लिएर घर नजिकै फर्केको तर अवेर गरेपछि राति आफ्न्त खोज्न जाँदा नभेटेको वताए ।

उनि गएको सबै जंगलमा गाउँलेहरुले खोजि कार्य गरे पनि हालसम्म फेला नपरेको जनाएको छ ।
वालक हराएको जानकारी ईलाका प्रहरी कार्याललाई गराएको छ । प्रहरीले खोजि कार्य जारि राखेको छ । उनी मंसिर २० गते देखि वेपता अवस्थामा छन् । उनी धुर्वतारा प्रावि च्युरामा अध्यायनरत रहेका थिए ।

बाख्रा चराउन गएका बालक दुई हप्तादेखि वेपता

YUGAAWHAN NATIONAL DAILY (2080-09-05)