दशैं विषेशाङ्क प्रेरणा म्यागेजिन पत्रिका विमोचन

नेपाल प्रेस युनियन सुर्खेत शाखाले दशैं विषेशाङ्क प्रेरणा म्यागेजिन पत्रिका विमोचन गरिएको छ ।

युनियन शाखाले शुक्रवार वीरेन्द्रनगरमा गरेको दशैं, तिहार, छठ लगायतको पर्वको शुभकामना आदानप्रदानको अवसरमा दशैं विषेशाङ्क प्रेरणा म्यागेजिन पत्रिकाको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोख्रेलले बिमोचन गरे ।

म्यागेजिन पत्रिकामा विशेषगरी दशैं पर्व र कर्णालीको परिवेशलाई समावेश गरिएको छ । पत्रिका विमोचन गर्दै मन्त्री पोख्रेलले नेपाल प्रेस युनियन सुर्खेतले पत्रिका मार्फत आम नागरिकलाई सुचित गर्ने प्रयास गरेको भन्दै प्रशंसा गरे ।उनले पत्रकारिता क्षेत्रको माध्यमबाट समाज रुपान्तरणको एउटा अभियान शुरु गरेको भन्दै बधाई समेत दिए । उनले पत्रकारहरुको हकहितको लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पूर्व पार्टी सभापति कमलराज रेग्मीले देशको विकासको लागि पत्रकारिताको महत्वपूर्ण भुमीका रहेको बताए ।

भन्दा राज्यको राज्यको चौँथो अङ्ग भनिएपनि देशलाई अफ्ठेरो पर्दा पत्रकारिता क्षेत्र राज्यको पहिलो अङ्ग हुने गरेको उल्लेख गरे ।
रेग्मीले प्रेस युनियन सुर्खेतले इतिहासमै पहिलो पटक म्यागेजिन पत्रिका सार्बजनिक गरेको भन्दै यसलाई आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकारिता क्षेत्रको व्यवसायिक हकहितको लागि युनियनको भुमीका महत्वपूर्ण रहेको बताए ।

कोषाध्यक्ष सेजुवालले सुर्खेत प्रेस युनियनले दशैंको मुखमा सार्बजनिक गरेको प्रेरणा पत्रिकाको निरन्तरताको कामना गरे ।
यस्तै, कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव कमल पन्तले प्रेस युनियनमा आवद्ध पदाधिकारीहरुको सक्रियता अझै बढ्दै जानेमा विश्वास व्यक्त गरे ।

प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुवन विसीले आफुहरु निर्वाचित भएको तिन महिनामा धेरै काम गर्न सकेको भन्दै आगामी दिनमा अझै प्रेस युनियनका गतिविधिहरु बढाउँदै जाने प्रतिवद्धता जनाए ।

कार्यक्रममा पत्रकारसँग आवद्ध विभिन्न संघ संगठनहरुका प्रतिनिधिहरु र प्रेस युनियनका पूर्व पदाधिकारीहरुले शुभकामना व्यक्त गरेका थिए । यसैबिच, नेपाल प्रेस युनियन सुर्खेतमा अक्षय कोष स्थापना गरेका युनियनका पूर्व सहसचिव चिन्तामणी कंडेललाई सम्मान समेत गरिएको छ ।

दशैं विषेशाङ्क प्रेरणा म्यागेजिन पत्रिका विमोचन

जाजरकोट र डोल्पामा चामलको अभाव

दशैं विषेशाङ्क प्रेरणा म्यागेजिन पत्रिका विमोचन

सिमकोटलाई व्यवस्थित र सुन्दर बनाउन बजेट अभाव