यमपञ्चक अर्थात् तिहार शुरु, शनिवार कागतिहार


शनिवारदेखि यमपञ्चक अर्थात् तिहार शुरु भएको छ । यमपञ्चकको पहिलो दिन शनिवार कागतिहार परेको छ ।
कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने गरिन्छ ।

यस्तै, शनिवार कात्तिक कृष्ण त्रयोदशीका दिन बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
यसवर्ष तिथिको घटबढका कारण आइतवार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । गाईपूजा पर्सि सोमवार परेको छ ।

गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा र आत्म अर्थात् म्हपूजा मङ्गलवार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र म्हपूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । भाइटीका बुधवार परेको छ । बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।

यमपञ्चक अर्थात् तिहार शुरु, शनिवार कागतिहार

विश्वकप छनोटमा यूएईसँग खेल्ने नेपाली टोलीको घोषणा

यमपञ्चक अर्थात् तिहार शुरु, शनिवार कागतिहार

हिमपातसँगै हुम्लामा चिसो बढ्यो