बेलायतमा उडुसले हैरानी बनायाे

फ्रान्सको राजधानी पेरिसमा उडुस र साङ्लाको बिगबिगीको अन्तर्राष्ट्रिय चर्चा भईरहेकै बेला अहिले त्यो हैरानी बेलायतमा पनि बढेको छ । अधिकारीहरुले पेरिसबाट बेलायत पुग्ने रेलका कारण उडुस फैलिएको सार्वजनिक गरेका छन् ।

बेलायत र फ्रान्सबीच युरोस्टार नामको उच्चगतिको रेल चल्ने गरेको छ । हरेक दिन दर्जनभन्दा बढी ती उच्चगतिका रेल पेरिस र लण्डनबीच आतेजाते गर्छन् । दोहोरो यात्राका क्रममा पेरिसका उडुसहरु त्यही उच्च गतिको रेलमा लण्डन पुगेको भनाई विशेषज्ञहरुको छ ।

पेरिसका मेट्रो, बस, रेल, अस्पत्तालहरुमा समेत उडुसको बिगबिगी चलेको व्यापक चर्चा भएपछि अन्तर्राष्ट्रिय रेल कम्पनीले आफ्ना रेलहरूमा उडुस र अन्य किराहरूको आक्रमण रोक्न द्रुत कारबाही गरिरहेको बताएको छ ।

एक आणविक जीववैज्ञानिक र उडुस निमूल पार्ने संस्था बेडबग्स लिमिटेडका संस्थापक डेभिड केनले पेरिसमा पाइने उडुसहरु लण्डनसम्म पत्ता लगाएको दाबी गरेपछि पेरिसका उडुस लण्डन पुगेको चर्चा चलेको हो ।

कीट नियन्त्रण विशेषज्ञ केनले भनेका छन्– ’एउटा व्यक्तिले आफ्नो लन्डनको घरको ओछ्यानहरूमा उडुस परेको रिपोर्ट गरेको थियो । त्यो व्यक्ति एक हप्ता अघि यूरोस्टार रेल चढेर लण्डन आएको थियो ।’ ( कान्तिपुरबाट )

बेलायतमा उडुसले  हैरानी बनायाे

इजरायलमा मृत्यु भएका कर्णालीका परिवारलाई ३ लाख

बेलायतमा उडुसले  हैरानी बनायाे

‘ठूलो ओखती’ भनिने जडीबुटी खाएका एक जनाको