भूकम्पपीडितको अस्थायी आवास निर्माणको लागि सहायता कक्ष सञ्चालन

![]()
नेपाल रेडक्रस सोसाईटी सल्यानले भूकम्प प्रभावित दार्मा गाउँपालिकामा भूकम्पीडितको अस्थायी आवास निर्माणको लागि सहायता कक्ष सञ्चालन गरेको छ ।
रेडक्रसले अहिले दार्मा गाउँपालिकाको ६ वटै वडामा सहायता कक्ष सञ्चालन गरेर एक जना स्वयंसेवक राखी अस्थायी आवास निर्माणको लागि सम्बन्धित निकायबाट पाउनुपर्ने ५० हजार रुपैयाँ उपलब्ध गराउन पीडितको निवेदन संकलन, फारम तथा अनुसुची भर्ने लगायतका कामहरु गरिरहेको रेडक्रसका मन्त्री ईन्द्रकुमार शर्माले बताए ।
उनले सहायता कक्ष १० दिनसम्म सञ्चालनमा आउने जानकारी गराए । ‘अस्थायी आवासको कागजी प्रक्रिया बारेमा भूकम्पपीडितले धेरै कुरा थाहा पाउन सकेका छैनन् । कतियप अशिक्षाका कारण आफैंले निवेदन दिने तथा अनुसूची भर्ने काम गर्न सकेका छैनन् । ‘कागजी प्रक्रिया पुरा गर्न नसकेका सबैलाई रेडक्रसद्वारा खटिएका स्वयं सेवक मार्फत् सहयोग गर्दै आएका छौं ।’
सहायता कक्षमा सहयोग गर्नका लागि पालिकाबाट खटाईएका स्वयंसेवक पनि रहेको उनले जानकारी गराए ।






