गुर्भाकोटमा निशुल्क कान शिविर सम्पन्न

दिलिप ढकाल
गुर्भाकोट नगरपालिकामा निशुल्क कान शिविर सन्चालन भएको छ । आइतवार र सोमवार शिविर सन्चालन भएको हो ।
आइतवार गुर्भाकोट नगरपालिकाको आयोजना एवम गुमि स्वास्थ्य चौकी गुर्भाकोट १३ को समन्वयमा शिविर सन्चान भएको हो भने, सोमवार गुर्भाकोट नगरपालिका ९ नम्बर वडा कार्यालयको आर्थिक सहयोग एवम आधारभुत स्वास्थ्य केन्द्र बोटेचौर को समन्वयमा शिविर सन्चालन भएको हो । शिविर बृनोज कान स्याहार केन्द्र नेपालगन्ज को प्राविधिक सहयोगमा सम्पन्न भएको छ ।
आइतवार सन्चालन भएको शिविरमा एक सय १२ जना महिला ७५ जना पूरुष गरी जम्मा एक सय ८७ जनाको चेकजाँच गरिएको थियो । जसमध्ये १७ जनालाई श्रवण यन्त्र वितरण गरिएको छ भने, १७ जनालाई अप्रेशनको लागि छनौट गरिएको छ ।
यस्तै सोमवार सम्पन्न शिविरमा दुई सय १८ जनाले सेवा लिएका हुन । जसमध्ये एक सय २२ जना महिला र ९६ जना पुरुष रहेका छन ।
शिविरमा आएका मध्य १२ जनालाई कान सुन्नको लागि श्रवण यन्त्र दिईएको छ । १६ जनालाई कानको जटिल समस्या भएको हुनाले थप उपचारको लागी नेपालगन्ज रिफर गरिएको छ । शिविरमा नगर प्रमुख,उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष, सदस्य तथा सस्थानियको उपस्थिती रहेको थियो ।








