जाजरकोटमा मृत्यु भएका ९२ जनाको सनाखत

जाजरकोटमा भूकम्पका कारण मृत्यु भएका ९२ जनाको सनाखत भएको छ । सनाखत गरिएका मध्ये ६८ जनाको शव आफन्तलाई जिम्मा लगाइएको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए ।
रामिडाडाँ केन्द्रबिन्दु भएर गएको भूकम्पकाका कारण जाजरकोटको भेरी नगरपालिकास्थित खलंगा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ ।






