जाजरकोट भूकम्प: कुन अस्पतालमा कति घाइते (सूचीसहित)

भूकम्पमा परी घाइते भएका एक सय पाँच जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११ः४७ बजे ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

गम्भीर आठ जनालाई निगमको जहाजमार्फत शनिवार काठमाडौं लगियो । उनीहरूको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार घाइतेमध्ये ३८ जनाको बाँकेमा रहेका भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । त्यहाँ उपचार गराइरहेका जाजरकोटका २६, रुकुमका ११ र सल्यानका एक जना रहेका छन् ।

त्यस्तै, कर्णाली प्रादेशिक अस्पताल, सुर्खेतमा २७ जनाको उपचार भइरहेको छ भने जिल्ला अस्पताल जाजरकोटमा १९ जनाको उपचार भइरहे छ ।

यसैगरी, जिल्ला अस्पताल रुकुममा १३ जना गरी उक सय पाँच जनाको उपचार भइरहेको छ । शुक्रबार राति गएको भूकम्पले ठूलो मानवीय क्षति गर्नुका साथै भौतिक क्षति समेत गरेको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार जाजरकोटमा एक सय पाँच जना र रुकुम पश्चिममा ५२ जना गरी एक सय ५७ जनाको मृत्यु भएको हो ।

भूकम्पमा परी दुई सय ५३ जना घाइते भएका छन् । जाजरकोटमा एक सय १२ जना र रुकुम पश्चिममा एक सय ३२ जना घाइते भएका हुन् । जुम्लाका पाँच जना तथा दैलेख र सल्यानका दुई -दुई जना घाइते भएका छन् ।

जाजरकोट भूकम्प: कुन अस्पतालमा कति घाइते (सूचीसहित)

नेपाल ओमानसँग सुपर ओभरमा पराजित

जाजरकोट भूकम्प: कुन अस्पतालमा कति घाइते (सूचीसहित)

जाजरकोटमा मृत्यु भएका ९२ जनाको सनाखत