स्थानीय निर्वाचनले दलहरूलाई सचेत गराएको छ : उपसभापति खड्का

काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनको परिणामले दलहरूलाई सचेत गराएको बताएका छन् ।

आज पत्रकारसँगको कुराकानीमा काठमाडौँ लगायत केही स्थानको मत परिणामले दलहरूलाई केही सङ्केत गरेको चर्चा गर्दै उनले भने, ‘स्थानीय तहको निर्वाचनको परिणामले दलहरूलाई जनताले टाढा राख्न खोजेको नभई केही ठाउँको निर्वाचनको परिणामले भने राजनीतिक दल र दलको जिम्मेवारीमा रहेका नेतालाई भने सचेत गराएको छ ।’

स्थानीय तहको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको र अब दलहरूले अहिलेको निर्वाचनले गरेको सङ्केतलाई ध्यान दिन जरुरी रहेको उपसभापति खड्काले उल्लेख गरे ।

राजधानीलगायत केही ठाउँको निर्वाचनको परिणामलाई लिएर दलका नेतृत्वले समीक्षा गरेर आउने दिनमा नयाँ निर्णय गर्दै फरक तरिकाले पार्टी चलाउनुपर्ने देखिएको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा उपसभापति खड्काले संसद्मा प्रस्तुत नीति तथा कार्यक्रम मुलुकको आवश्यकतालाई धेरै हदसम्म सम्बोधन गर्ने गरी ल्याइएको जानकारी दिए ।

स्थानीय  निर्वाचनले दलहरूलाई सचेत गराएको  छ : उपसभापति खड्का

दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क

स्थानीय  निर्वाचनले दलहरूलाई सचेत गराएको  छ : उपसभापति खड्का

नयाँलाई स्वागत पुरानालाई विदाई

Leave a comment

Your email address will not be published. Required fields are marked *