यस्ता लक्षण देखिएमा थाहा पाउनुस् तपाईं तनावमा हुनुहुन्छ

तनावले तपाईंलाई मानसिक र शारीरिक रूपमा प्रभावित गर्छ । व्यक्तिले स्वस्थ रहनका लागि तनावरहित हुनुपर्छ । यो भिडियोमार्फत तपाईं तनावका संकेतहरू थाहा पाउनुहुन्छ ।
तनावका कारण कपाल झर्न शुरू गर्छ । कपाल धेरै झरेमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

तौल बढ्नु वा कम हुनु

तनाव अर्थात् डिप्रेसनले तपाईंलाई थाहै नदिई तौलमा तलमाथि पारिरहेको हुन्छ । तपाईंको भोक कम हुँदै जान्छ र कहिलेकाहीँ त ह्वात्तै बढ्छ ।
तनावका कारण कामेच्छामा परिवर्तन आउन थाल्छ ।

निद्राको कमी

निद्रामा कमी आउनु पनि तनावको एक संकेत हो । व्यक्ति सुत्ने बेलामा पनि सोचविचार गरिबस्छ र यो तनावको मुख्य कारण हो । यसकारण उसलाई कि त निद्रा लाग्दैन कि त घन्टौं निद्रा लाग्छ ।

मूड परिवर्तन

कुनै काम गर्न मन नलाग्ने, केहीमा रुचि नहुने, कुनै कुराले खुशी नदिने र पीडाको अनुभव पनि नहुने स्थिति आएमा तनाव भएको थाहा हुन्छ ।

 

 

यस्ता लक्षण देखिएमा थाहा पाउनुस् तपाईं तनावमा हुनुहुन्छ

३५ हजार २ सय २१ पदमा १

यस्ता लक्षण देखिएमा थाहा पाउनुस् तपाईं तनावमा हुनुहुन्छ

गठबन्धनलाई लिएर कर्णालीकी उपसभामुख भन्छिन्–‘ भनौं भने

Leave a comment

Your email address will not be published. Required fields are marked *