बाँफिकोटमा राजनीतिक दलले एक्लाएक्लै उम्मेदवारी दर्ता

प्रचण्ड खत्री
रुकुम पश्चिम, १२ बैशाख ।
बाँफिकोटमा विभिन्न राजनीतिक दलले उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्रको तर्फ पार्टी अध्यक्ष चन्द्रबहादुर केसी अध्यक्ष पदमा र उपाध्यक्ष पदका लागि पार्टीकि गाउँपालिका सदस्य तारा बुढा केसिले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली काँग्र्रेसको तर्फबाट पालिका पार्टी सभापति जनककुमार बाठाले अध्यक्ष पदमा र उपाध्यक्ष पदका लागि महिला संघकी सभापति नन्दा केसीले उम्मेदवारी दर्ता गरेको निर्बाचन अधिकृत कृतबहादुर बोहराले बताए ।

नेकपा एमालेको तर्फबाट भने जिल्ला सचिबालय सदस्य गणेश बहादुर केसीले अध्यक्ष पदमा र उपाध्यक्ष पदको लागि देउमी पौडेलले मनोनयन दर्ता गरेको निर्बाचन अधिकृत बोहराको भनाई छ ।

त्यस्तै नेपाली काँग्र्रेसबाट एक जनाले बागी उम्मेदवार दर्ता गराएका छन् । नेता धिरेन्द्र कुमार शाहीले बागी उम्मेदवार दर्ता गरेका हुन । पार्टीका ब्यक्तिका लागि उम्मेदवार दिएको घोषणा गरेका थिए ।

त्यस्तै राष्ट्रिय जनमोर्चा बाँफिकोट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी तुले खत्री र वडा नम्बर ४ को जनमोर्चाको तर्फबाट वडा अध्यक्षको पदमा रोलबहादुरको उम्मेदवार परेको सहायक निर्बाचन अधिकृत दुर्गाबहादुर ओलीले बताए ।

नेकपा माओवादी केन्द्रबाट वडा नं. २ को उम्मेदवारी दर्ता गरेको छ । वडा अध्यक्षमा मन्जित नाथ, खुल्ला सदस्यमा प्रताप पौडेल, देउसरा केसी, जनजाती सदस्यमा यामबहादुर बुढा, दलित महिला सदस्यमा शसिला बिकको उम्मेदवारी दर्ता भएको निर्बाचन कार्यालयले बताएको छ ।

सबै वडाबाट माओवादीले उम्मेदवारी दर्ता गरेको छ । वडा अध्यक्षमा १ बाट धनबहादुर खड्का, २ बाट मन्जित नाथ, ३ बाट तिलबिर केसी ४ बाट सेरबहादुर ओली, ५ बाट दक्ष पुन, ६ बाट मनोजकुमार अधिकारी, ७ बाट नरबहादुर खत्री, ८ बाट मनबहादुर केसी, ९ बाट जोखबहादुर चन्द, १० बाट हरि चन्दको मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै नेपाली काँग्रेसले प्रत्येक वडाबाट पनि उम्मेदवारी दर्ता गरेको छ । वडा अध्यक्षमा वडा नम्बर १ बाट खर्कु मल्ल, वडा नम्बर २ बाट प्रकाश खत्री, वडा नम्बर ३ बाट गनबहादुर बोहरा, वडा नम्बर ४ बाट खम्मु मल्ल, वडा नम्बर ५ बाट मनु शाही, वडा नम्बर ६ बाट देबबहादुर कुसारी, वडा नम्बर ७ बाट सार्के खत्री, वडा नम्बर ८ बाट रत्नबहादुर केसी, वडा नम्बर ९ बाट पुर्नबहादुर खत्री र वडा नम्बर १० बाट जनक चन्दको उम्मेदवार परेको छ ।

बाँफिकोटमा राजनीतिक दलले एक्लाएक्लै उम्मेदवारी दर्ता

देशभर ४८ हजारको मनोनयन दर्ता, उम्मदेवार अझै

Leave a comment

Your email address will not be published. Required fields are marked *