वीरेन्द्रनगरमा काँग्रेसका उपेन्द्र खड्का र रामकुमारी थापाले गराए मेयर, उपमेयरमा उम्मेदवारी दर्ता

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा उपेन्द्र खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।
सत्तारुढ गठबन्धन दलबीच सहमति नजुटेपछि कांग्रेसको तर्फबाट मेयरमा खड्का र उपमेयरमा रामकुमारी थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेस पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले सोमबार मनोनयन दर्ता गराए ।
कांग्रेसबाट मेयरका लागि सात जनाको नाम सिफारिस भएको थियो । अन्तिममा खड्कालाई पार्टीले मेयरको उम्मेदवार बनाएको हो ।
कांग्रेसको शेखर कोइराला पक्षले नारायण कोइरालालाई मेयरका लागि अघि सारेको थियो । तर संस्थापन पक्षको चाहना अनुसार खड्का उम्मेदवार बनेका कांग्रेसका एक जिल्ला नेताले बताए ।






